सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ५५ हजार ८० जना


  • माउन्टेन खबर
  • सोमवार, माघ २६, २०७७
  • 268
    SHARES

२६ माघ, नयाँदिल्ली । भारतमा गत २४ घण्टा अर्थात आइतबारको दिनमा कोरोना सङ्क्रमणको कारण ८४ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५५ हजार ८० जना पुगेको छ । भारतमा शनिबार कोरोना भाइरसका सङ्क्रमणको कारण ७८ जनाको मृत्यु भएको थियो । आइतबार कोरोना सङ्क्रमणको कारण ८४ जनाको मृत्यु भएको छ । भारतमा धेरै समयपछि गत दुई दिनयता कोरोना भाइरस सङ्क्रमणको कारण एक दिनमा १०० भन्दा कम मानिसको मृत्यु भएको छ ।

गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म करिब ५८ लाख भन्दा बढी व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ ।

यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म एक करोड आठ लाख ३८ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा ११ हजार ८३१ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड आठ लाख ३८ हजार १९४ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।

मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड पाँच लाख ३४ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ४८ हजार ६०९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा आइतबार ११९ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र दुई जनाको मृत्यु भएको छ । भारतमा कोभिड १९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ८७९ को मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)