सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

यतीको भ्यालेन्टाइन डे लक्षित योजना, माउन्टेन फ्लाइटमा जानेलाई ‘पिक एण्ड ड्रप’


  • माउन्टेन खबर
  • मङ्लबार, माघ २७, २०७७
  • 1.0K
    SHARES

काठमाडौं,२७ माघ। निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले भ्यालेन्टाइन डे लक्षित योजना सार्वजनिक गरेको छ।

कम्पनीले पर्वतीय उडानमा सहभागी हुने यात्रुलाई पिक अप ड्रपको सुविधा दिन लागेको प्रवक्ता एवं उडान सुरक्षा प्रमुख सुदर्शन वर्तौलाले जानकारी दिनु भयो।

यो दिन पर्वतीय उडान गर्ने यात्रुले उपहार स्वरुप पिक अप ड्रपअपको सुविधा सँगै गुलाफको गुच्छा, ८ जी डाटा र २५ मिनेट टकटाइम सहितको स्मार्ट सिम पनि प्राप्त गर्न सक्ने प्रवक्ता वर्तौलाले जानकारी दिनु भयो।

कम्पनीले पर्वतीय उडानका लागि एक जनाका लागि आठ हजार आठ सय ४८ रुपैयाँ र जोडीका लागि नौ हजार आठ सय ४८ रुपैयाँ भाडादर  कायम तोकेको छ।

आइतबार सार्वजनिक गरेको योजना अन्तर्गत हालसम्म एउटा जहाज भरिभराउ भइसकेको पनि उहाले जानकारी दिनु भयो।

‘यस अघि विभीन्न मौलिक र आगन्तुक पर्व लक्षित आकर्षक योजना सार्वजनिक गरेका थियौँ। पछिल्लो समय पर्वतीय उडानमा यात्रुको उल्लेख्य सहभागिता देखिएको छ। त्यसै कारण हामीले यो दिनलाई लक्षित गर्दै विशेष  योजना ल्याएका हौँ।’ प्रवक्ता वर्तौलाले भन्नु भयो।

सातै दिन पर्वतीय उडानको तालिका पाएको यती कम्पनीले यात्रुको माग अनुसार उडान संचालन गर्दै आएको  छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }