मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रिय महिला लिग फुटबल

विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब विजयी


  • माउन्टेन खबर
  • मङ्लबार, माघ २७, २०७७
  • 552
    SHARES

ललितपुर,२७ माघ।    विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा मंगलबार जित निकालेका छन् ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा मंगलबार सम्पन्न दिनको पहिलो खेलमा आर्मीले वालिङ नगरपालिका स्याङ्जालाई २–० ले पराजित गर्दा अर्को खेलमा पुलिसले विराटनगर महानगरपालिकालाई ३–० ले पराजित गर्दा मंगलबार विभागीय टोलीले जित निकालेका हुन् ।

आर्मीले १० खेलाडीमा सिमित स्याङ्जाको वालिङलाई २–० गोल अन्तरले पराजित गर्दा शर्मिला थापा र विमला चौधरीले एक एक गोल गरे । पहिलो मिनेटमा नै शर्मिलाको गोलबाट अग्रता लिएको आर्मीका लागि ४३ औं मिनेटमा विमलाले गोल थप्दै टोलीको जित सुनिश्चित गरेकी थिइन् ।

जितसंगै आर्मीले ८ खेलमा १९ अंक जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा रहेको छ । वालिङ ८ खेलमा ११ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यता पुलिसलाई जित दिलाउनका लागि निरु थापाका दुई गोल रह्यो भने निर्मला उपाध्यायको नाममा एक गोल रह्यो ।४१औं मिनेटमा निर्मालाको गोलबाट अग्रता लिएको पुलिसका लागि निरुले ५७ औं मिनेटमा गोल थप्दै टोलीको अग्रता दोब्बर बनाएकी थिइन् । लगत्तै दुई मिनेट पछि नै निरुले गोल गर्दै टोलीको अग्रता ३–० मा पु¥याँदा जित निश्चित भएको हो ।

जितसंगै पुलिसले विराटनगरविरुद्ध अघिल्लो खेलमा व्यहोरेको बदला समेत लिएको छ । यस अघिको भेटमा पुलिस विराटनगरसँग १–० ले पराजित भएको थियो । विराटनगरलाई हराएसँगै पुलिस लिगको चौंथो स्थानमा उक्लिएको छ । पुलिसले ८ खेलमा ११ अंक जोडेको छ । विराटनगर ८ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)