मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चैत दोस्रो साता वीर गणेशमान सिंह १० किमी रोड रेस हुने


  • माउन्टेन खबर
  • मङ्लबार, माघ २७, २०७७
  • 600
    SHARES

काठमाडौं,२७ माघ।   चैत दोस्रो साता दोस्रो संस्करणको वीर गणेशमान सिंह १० किमी रोड रेस हुने भएको छ ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिले मंगलबार पत्रकार सम्मेलन गर्दै दौड चैत ७ गते शनिबार हुने जनाएको हो । ४ सय देखी ५ सय सम्मका धावकले सहभागिता जनाउने रेस अन्तर्गत महिला र पुरुषतर्फको विजेताले ६० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौंले ५ हजार पाउने छन ।

छैटौं देखि दशौँसम्मलाई समान ४÷४ हजार बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने प्रतियोगिता संयोजक सन्जीब तुलाधरले पत्रकार सम्मेलनमा जानकारी दिए ।

यस्तै दौडमा अघिल्लो वर्षको कीर्तिमान भंग गर्नेलाई १० हजारबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ । रुट्स फेसनको मुख्य प्रायोजनमा हुने रेस १० किलोमिटरको हुनेछ ।

दौड शेर्पा मल दरबारमार्गबाट सुरु भएर महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, विर हस्पिटल, भोटाहिटी, राजदरबार संग्राहलय दक्षिणगेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, वालमन्दिर, पुलिस हेडक्वाटर, गौरीधारा, राजदरबार उत्तर पूर्वमोड, नागपोखरी, जयनेपाल सिनेमा हल हुँदै पुनः शेर्पा मल दरबार मार्गमा समापन हुने छ । करिब १२ लाख लागत लाग्ने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)