सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

फागुनदेखि यती एयरलाइन्स पूर्ण क्षमतामा सञ्चालनमा आउने


  • माउन्टेन खबर
  • बुधबार, माघ २८, २०७७
  • 612
    SHARES

काठमाडौं ,२८ माघ। यती एयरलाइन्सले फागुनदेखि पूर्ण क्षमतामा आफ्ना जहाजहरु सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस(कोभिड–१९) का कारण पर्याप्त यात्रुहरु नभएपछि निश्चित जहाजहरु मात्र सञ्चालन गर्दै आएको यतीले फागुनदेखि सबै जहाज उडाउने भएको हो ।

यतीले हाल ३ वटा ‘एटीआर–७२’ र दुईवटा जेट स्ट्रिम विमानमार्फत उडान सञ्चालन गर्दै आएको छ । फागुनदेखि पाँचैवटै एटिआर जहाजलाई पूर्ण क्षमतामा सञ्चालन गर्न लागेको प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिनुभयो ।

एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख बर्तौलाले यतीको बजार हिस्सा कायम राख्दै आगामी दिनमा बजारलाई थप विस्तार गर्दै लैजान लागिएको बताउनु भयो ।

‘यती एयरलाइन्स प्रति यात्रुको विश्वास कायम राख्दै उडान सेवा र सञ्जाल विस्तार गर्न हामीले चाँडै नै ‘एटीआर–७२’ विमानसमेत थप गर्न लागेका छौँ ’ प्रवक्ता बर्तौलाले भन्नु भयो योसंगै यतीसंग ६ वटा एटीआर–७२ र ५ वटा जेट स्ट्रिम विमान हुनेछ’ ।

पूर्ण क्षमतामा सञ्चालन गर्न लागेको यतीले दैनिक पोखरा ७, विराटनगर ५, भैरहवा ३, नेपालगञ्ज २, जनकपुर २, सिमरा ४, तुम्लिङटार २, भद्रपुर २ र माउण्टेन फ्लाईटका लागि २ वटा उडान भर्न लागेको छ ।

सबै भन्दा धेरै गन्तब्यहरुमा उडान भर्दै आएको यती एरलाइन्स र भगिनी संस्था तारा एयरले योसंगै दैनिक १०० भन्दा भन्दा बढि उडान गर्ने एयरलाइन्सले जानकारी दिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }