फेब्रुअरी ११ अमेरिका । अमेरिकाको टेक्ससको राजमार्गमा ठुलो दुर्घटना भएको छ । जस्मा दर्जनौ गाडीहरु क्षतिग्रष्त भएका छन् । उक्त दुर्घटनामा कम्तिमा ६ जनाको मृत्यु भएको छ भने कम्तिमा ३६ जना अस्पताल भर्ना भएका छन् ।
टेक्सस राज्यको फोर्टवर्थ शहरको ३५ राजमार्ग वेस्ट(पश्चिम)मा उक्त दुर्घटना भएको हो । खराब मौषमका कारण आज फेब्रुअरी ११ ,बिहिबार बिहान उक्त घटना भएको प्रहरीले जनाएका छन् । ड्यालस फोर्ट वर्थ र अस्टिन क्षेत्रमा सुन्य तापक्रम हुँदा बरफ थुप्रिएर जमेको कारण उक्त दुर्घटना हुन् पुगेको छ ।
बिहिबार बिहानै ६ बजे टेक्ससको समय अनुसार दुर्घटना हुँदा ७५ देखि १०० वटा सवारी साधनहरु यसरी राजमार्गमा दुर्घटनामा परेका थिए ।अत्यन्तै चिसो मौशम र सुन्य डिग्री भन्दा कम तापक्रम भए पछि करिव १० इन्च जति बरफ जमेको थियो ।
