सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ब्राजिलमा कोरोना भाइरसबाट एकैदिन १ हजार ३५१ जनाको मृत्यु


  • माउन्टेन खबर
  • शुक्रबार, माघ ३०, २०७७
  • 433
    SHARES

३० माघ, काठमाडौं । ब्राजिलमा गत २४ घण्टामा कोरोना भाइरस संक्रमणको कारण १ हजार ३५१ जनाको मृत्यु भएको सरकारी स्रोतले शुक्रबार जानकारी दिएको छ । सो अवधीमा ब्र्राजिलमा ५४ हजार ७४२ जना थप व्यक्ति कोरोना भाइरस संक्रमित भएपछि कुल संक्रमितको संख्या ९७ लाख १३ हजार ९०९ जना पुगेको जानकारी दिएको छ ।

ब्राजिलमा कोरोना भाइरसको संक्रमण शुरुभए यता हालसमम २ लाख ३६ हजार २०१ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । कोरोना भाइरसबाट विश्वभरी १० करोड ८३ लाख भन्दा बढी संक्रमित भएका छन् । यसको संक्रमणको कारण विश्वभरी २३ लाख ७९ हजार भन्दा बढीको मृत्यु भएको छ ।

सन् २०१९ को डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको यस कोरोना भाइरस संक्रमणबाट ८ करोड ३ लाख ६० हजार भन्दा बढी व्यक्ति मुक्त भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)