सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतद्वारा विश्व समुदायलाई दुई करोड २९ लाखभन्दा बढी खोप निःशुल्क प्रदान


  • माउन्टेन खबर
  • शनिबार, फाल्गुन १, २०७७
  • 371
    SHARES

नयाँ दिल्ली,१ फागुन।  कोरोना भाइरस विरुद्धको खोप विकास गरेको भारतले विश्व समुदायलाई दुई करोड २९ लाखभन्दा बढी खोप प्रदान गरेको छ ।

भारतको विदेश मामिला मन्त्रालयले दिएको जानकारी अनुसार भारतले विभिन्न देशलाई दुई करोड २९ लाख ७० हजारभन्दा बढी खोप दिएको हो ।

विश्व समुदायलाई दिइएको कुल खोपमध्ये झण्डै ६४ लाख ७० हजार खोप निःशुल्क वितरण गरिएको विदेश मामिला मन्त्रालयको भनाइ छ । बाँकी एक करोड ६५ लाख खोप भारतले बिक्री गरेको हो । माग गर्ने अन्य देशहरुलाई पनि आगामी दिनमा खोप उपलब्ध गराउने योजना भारतले बनाएको छ । भारतले अफ्रिका, ल्याटिन अमेरिका र प्रशान्त द्धिपमा रहेका मुलुकहरुलाई खोप प्रदान गर्न चाहेको जनाएको छ । भारतमा दुई वटा खोपको उत्पादन भइरहेका छन् ।

अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाद्वारा विकास गरिएको ‘कोभिसिल्ड’ र भारत बायोटेक र भारतीय औषधि अनुसन्धान परिषद्को साझेदारीमा विकास गरिएको ‘कोभ्याक्सिन’ भारतमा उत्पादन भई वितरण भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)