२ फागुन, काठमाडौं। अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध ल्याइएको महाअभियोग प्रस्ताव असफल भएको छ।
अमेरिकाको माथिल्लो सदन सिनेटमा दुई तिहाइ बहुमत नपुग्दा ट्रम्पविरूद्धको महाअभियोग दोस्रो पटक पनि असफल भएको हो।
सिनेटमा शनिबार भएको मतदानमा महाअभियोग पारित गर्ने पक्षमा ६७ मत आवस्यक भएपनि जम्मा ५७ र विपक्षमा ४३ मत परेको थियो। जसकारण ट्रम्पविरुद्धको अविश्वासको प्रस्ताव सफल हुन सकेन।
गत जनवरी ६ मा संसद भवनमा हिंसा भड्काउन सघाएको भन्दै ट्रम्पविरूद्ध महाअभियोग प्रस्ताव ल्याइएको थियो।
यसअघि पनि उनीविरूद्ध आएको महाअभियोग सिनेटबाट अस्वीकृत भएको थियो।
यो सँगै अब ट्रम्प सन् २०२४ को अमेरिकी राष्ट्रपतीय चुनावमा उम्मेदवार बन्न पाउने भएका छन्।
