सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

महाराष्ट्रमा ट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन ३, २०७७
  • 516
    SHARES

३ फागुन, काठमाडौं । भारतको महाराष्ट्रमा आइतबार राति भएको ट्रक दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । किंगांवमा भएको दुर्घटनामा ट्रकमा २१ जना सवार थिए । यसमध्ये ५ जना घाइते रहेका छन् । दुर्घटनामा मारिनेमा महिला र बालबालिका पनि रहेका छन् ।

प्रहरीका अनुसार किंगाव निजकै अंकलेश्वर–बुरहानपुर स्टेट राजमार्गको मोडमा ट्रकको स्टेरिङ रड भाँचिएको थियो । त्यसपछि ड्राइभरले ट्रकमाथि नियन्त्रण गुमाएका थिए ।

दुर्घटनाको सूचनापछि प्रहरी घटनास्थलमा पुग्दा धेरैको घटनास्थलमा नै मृत्यु भइसकेको थियो । मारिएका १६ मध्ये १५ जनाको पहिचान भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान मात्र आन्ध्र प्रदेशको कुर्नूलमा बस र ट्रक एक आपसमा जुध्धदा १४ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)