सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

माउण्टेन अनलाइनको एकसय डलर राशीको प्रेम कविता उत्सव उपहार पहाडीलाई


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन ४, २०७७
  • 1.2K
    SHARES

अमेरिका, ३ माघ । सिर्जना उत्सव बोस्टनले अमेरिकाको आइतबार साँझ अर्थात् नेपालको सोमबार बिहान “प्रेम कविता उत्सव- २०२१” आयोजना गरेको छ । प्रणय दिवसको अवसर पारेर आयोजना गरिएको उक्त उत्सवमा ५० जना सर्जकले सिर्जना वाचन गरेका छन् । प्रेमको प्रतीक रातो रङको ड्रेसमा सजिएका सर्जकहरू माझ जूम प्रविधिको सहायताले गरिएको कार्यक्रमलाई ई- नेप्लिज अनलाईन र माउण्टेन खबर डटकमले प्रत्यक्ष प्रशारण  गरेका थियो । सहभागिको रातो ड्रेसले कम्पूटरको पर्दा नै धपक्क भएको अनुभूति हुने उक्त कार्यक्रम तीन घन्टासम्म चलेको थियो । कार्यक्रमको सुरुआत  साहित्यकार गीता खत्रीको प्रेम गीतबाट  भएको थियो भने अन्त्य कार्यक्रम संयोजन गोवर्ध्दन पूजाको प्रेम कविताबाट भएको थियो ।

सिर्जना उत्सव, बोस्टनका महेश्वर पन्तको प्राविधिक सहयोग, दीपा राई पुनको स्वागत र ममता कर्माचार्यको धन्यवाद ज्ञापनको औपचारिकता वाहेक मन्तव्य नरहेको उक्त कार्यक्रममा सहभागि एक भाग्यशाली कविलाई गोलाप्रथाद्वारा  पुरस्कारको पनि व्यवस्था गरिएको थियो । माउन्टेन खवर डटकम अनलाइन पत्रिकाद्वारा प्रायोजन गरिएको उक्त नगद एकसय एक अमेरिकी डलरको उपहार कवि किशोर पहाडीले प्राप्त गरेका थिए ।

कार्यक्रममा गीता खत्री, गोविन्दसिह रावत, पदम विश्वकर्मा, आचार्य प्रभा, तीर्थ अधिकारी,  राजेन्द्र श्रेष्ठ,  पुरु सुवेदी, डा. मधु माधुर्य, शकुन्तला ज्ञवाली,  अपराजिता खुशी, हरिमाया अधिकारी, सीता अर्याल,  आनन्द श्रेष्ठ,  किशनसिह धामी, निर्मला राई, उर्मिला पन्त पाण्डे , मनु लोहोरुङ राई, कृष्ण गिरी, वसन्त श्रेष्ठ,  ममता कर्माचार्य, राम लामा अविनाशी, डा.ऋृषि बास्ताकोटी र किशोर पहाडीले सिर्जना वाचन गरेका थिए ।

यसैगरी महेश्वर पन्त, दीपा राई पुन, लक्ष्मी श्रेष्ठ , पवन लामिछाने,  निजानन्द मल्ल, सिर्जना शर्मा , हरिलाल शर्मा, गीता बजगाईं, डा.गोविन्द कोइराला,  मोहन निरौला, नारायण अधिकारी, राजेन्द्रप्रसाद अर्याल, उर्मिला निर्दोषी,  भरत पुरी, मोदनाथ सादा, वासुदेव घिमिरे, सर्वज्ञराज पौडेल, मंजिला अनिल, मधुकर अधिकारी,  पुष्पा अधिकारी गौतम, विमला निरौला , विश्वराज अधिकारी, भोजराज न्यौपाने , रश्मी रिमाल ,लालगोपाल सुवेदी, गोवर्ध्दन पूजा, लगायतले पनि रचना वाचन गरेका थिए । यो सिर्जना उत्सव बोष्टनको ६४औं शृङ्खला हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)