सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

संसद भवनभित्रै युवती बलाकृत भएपछि प्रधानमन्त्रीले मागे माफी


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन ४, २०७७
  • 441
    SHARES

४ फागुन, काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अष्ट्रेलियाली संसद भवनमा काम गर्ने एक युवतीसँग माफी मागेका छन् ।

यी महिलाले एक नाम नखुलाइएका व्यक्तिमाथि संसद भवनमा आफूमाथि बलात्कार गरिएको भनी आरोप लगाएकी छिन् ।

प्रधानमन्त्रीले यो मामिलामा अनुसन्धानको आदेश पनि दिएका छन् ।

२६ वर्षीया युवतीले मार्च २०१९ मा रक्षामन्त्री लिन्डा रेनोल्ड्सको कार्यालयमा उनको बलात्कार भएको र दोषी मोरिसनको सत्ताधारी लिबरल पार्टीका वरिष्ठ कार्यकर्ता भएको आरोप लगाएकी छिन् ।

स्थानीय मिडियासँगको कुराकानीमा युवतीले भनिन्, ‘मैले अप्रिल २०१९ मा प्रहरीसँग यसबारे कुरा गरेकी थिएँ तर त्यतिबेला आफ्नो जागिरको चिन्ता गर्दै मैले सबैभन्दा पहिला कार्यालयमा नै यसबारे ऊजुरी दिन्छु भनेर निर्णय लिएँ । मलाई मेरो जागिर जाने हो कि भन्ने चिन्ता थियो । ’

स्थानीय प्रहरीले युवतीको यो दाबी पुष्टि गरेका छन् र उनले त्यतिबेला ऊजुरी दर्ता नगरेर कार्यालयमा नै आधिकारिक रुपमा यसबारे ऊजुरी गर्ने निर्णय लिएको जानकारी दिए ।

युवतीका अनुसार आफूले रक्षामन्त्रीको कार्यालयलाई यस घटनाबारे पूरा जानकारी दिएको तर जुन कोठामा उनीमाथि बलात्कार भयो त्यहाँ आरोपीसँग छलफल गरिएको र कुरा यत्तिकै सेलायो ।

सोमबार रेनाल्ड्सले उनले अघिल्लो वर्ष नै यसबारे जानकारी पाएको तर यो मामिलामा युवतीलाई प्रहरीमा ऊजुरी दिने नदिनेबारे कुनै दबाब नदिएको उनले स्पष्ट पारिन् ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले यो घटनाका लागि आधिकारिक रुपमा युवतीसँग माफी मागेका छन् र यसका लागि अनुसन्धानको आदेश दिएका छन् ।

मंगलबार उनले भने, ‘पहिलो कुरा त यस्तो हुनै हुँदैनथ्यो । तर जे भयो, म त्यसका लागि माफी माग्छु । महिला आफ्नो कार्यालयमा सुरक्षित होउन् भन्ने कुरालाई हामीले सुनिश्चित गर्नुपर्छ । आजको समयमा पनि महिलाले यस्तो स्थितीको सामना गरिरहेको छन् भन्ने कुराले निकै चिन्तित तुल्याएको छ ।’

स्थानीय मिडियालाई विश्वास गर्ने हो भने यो घटनाको विषयमा प्रधानमन्त्री स्कट मोरिसनमाथि कारवाही गर्नका लागि दबाब दिइएको थियो किनभने यसअघि पनि लिबरल पार्टीभित्र महिलासँग दुर्व्यवहारको ऊजुरी परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)