५ फागुन, काठमाडौं । सरकारले कोरोना खोपका लागि भारतीय कम्पनीलाई अग्रिम पैसा पठाउने भएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भारतीय कम्पनी सेरम इन्स्टिच्युटसँग खोप किन्न लागेको हो। खोपका लागि रकम पठाउने निर्णय भइसकेको स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले जानकारी दिनुभएको छ।
यसअघि सरकारले सेरमसँग २० लाख डोज किन्ने निर्णय गरिसकेको थियो। थप २० लाख डोज खोप ल्याउने निर्णय हो । सेरमले काठमाडौंस्थित एयरपोर्टसम्म खोप ल्याइदिने सहमतिसमेत भइसकेको मन्त्रि त्रिपाठीले बताउनुभयो।
अब ल्याउने २० लाख डोज १० लाखलाई पुग्ने र त्यो खोप जेष्ठ नागरिकलाई लगाउने नि: शुल्क उपलब्ध गराउने उहाँले जानकरी दिनुभयो।
