सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

म्यानमार सेनाले लगायो आङसान सुकीमाथि दोश्रो अपराधिक अभियोग


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन ५, २०७७
  • 455
    SHARES

५ फागुन, म्यानमार । म्यानमार सेनाले यसअघि कैद गरी राखिएकी प्रमुख विपक्षी नेतृ आङसान सुकीमाथि दोस्रो अपराधिक अभियोग लगाएको छ ।

फेब्रुअरी १ तारिखका दिन सेनाले सत्ता हातमा लिए गत्तै आफ्नै घरमा नजरबन्द गरिएकी सुकीलाई फेब्रुअरी १४ मै रिहा गर्ने भनिएको थियो । तर, सेनाले थप दुई दिनपछि मात्र उहाँको मुद्दा अघि बढाइने बताएको हो । यसमा उनले सुरक्षाकर्मीहरुसँग हुने वाकीटकीजस्ता अवैध साधन राखेको आरोप रहेको थियो । अहिले भने सेनाले उनलाई देशको प्राकृतिक प्रकोप कानुनको समेत उल्लंघन गरेको अभियोग लगाएको छ ।

मंगलबार यिनै मुद्दाका लागि भिडियोमार्फत ‘ट्रायल’मा उपस्थित भएकी सुकीमाथि लगाइएको यो नयाँ अभियोग केसम्बन्धी छ भन्नेचाहिँ स्पष्ट भएको छैन ।

हजारौँका संख्यामा मानिसहरु आन्दोलनमा उत्रिने क्रम नरोकिएका बेला सेनाले भने फेरि पनि नयाँ चुनाव गराउने र सत्ता हस्तान्तरण गरिने बताएको छ । प्रदर्शनकारीहरुले सेनाको विरोध गर्दै सबै निर्वाचित नेताहरुलाई रिहा गर्न माग गरिरहेका छन् ।

सेना सरकारमा आएदेखिको पहिलो पत्रकार सम्मेलनमा प्रवक्ता जेनेरल मिन तुनले सेना लामो समयसम्म सत्तामा नरहने बताउनुभएको हो र निर्वाचनपश्चात् जित्ने पार्टीलाई देश हस्तान्तरण गरिने वचन दिनुभएको छ । तर, उनले चुनावको मितिसम्बन्धी भने कुनै जानकारी दिएका छैनन् । राजधानी नपिदबाट बोल्दै उहाँले फेरि पनि बिनाकुनै प्रमाण नोभेम्बरको चुनावमा धाँधली भएको कुरा दोहोर्याउनुभएको छ । सो चुनावमा नेतृ सुकीको नेसनल लिग फर डेमोक्रेसी पार्टीले अधिकतम बहुमत ल्याउँदै जित हासिल गरेको थियो । सेनाले त्यसमा धाँधली भएको कारण देखाउँदै फेब्रुअरी १ को ‘कू’ लाई न्यायोचित तुल्याउने प्रयास गर्दै आएको छ ।

मंगलबारको ट्रायलमा सुकीले कानुनी व्यवस्थासम्बन्धी प्रश्नको मात्र जवाफ दिनुभएको थियो । उहाँको अर्को ट्रायल १ मार्चका लागि तय गरिएको छ । मिन तुनका अनुसार सुरक्षाका कारण सुकीलाई उनकै घरमा राखिएको छ र उनी स्वस्थ र सहज तरिकाले बसिरहेको उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)