बुधबार, जेष्ठ २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अधिकांश पर्यटन व्यवसायीले पुनरकर्जा सुविधा पाउन नसकेको पर्यटन बोर्डको स्वीकारोक्ती


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन ६, २०७७
  • 827
    SHARES

काठमाडौं, ६ फागुन।  नेपाल पर्यटन बोर्डले कोभिड–१९ बाट प्रभावित अधिकांश पर्यटन व्यवसायीहरुले पुनरकर्जा सुविधा पाउन नसकेको स्वीकार गरेको छ ।

बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित अन्तरक्रिया कार्यक्रममा सानो लगानीमा पर्यटन व्यवसाय गरिरहेका व्यवसायीहरुले पुनरकर्जा सुविधा पाउन नसकेको गुनासो गरेपछि बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले यस्तो स्वीकार गर्नुभएको हो । उहाँले पुनरकर्जा कार्यविधि निर्माण गर्दा गरिएको परिकल्पना नै गलत भएकाले अधिकांश पर्यटन व्यवसायीले पुनरकर्जा उपभोग गर्न नपाएको बताउनुभयो ।

पुनरकर्जा सम्बन्धी कार्यविधि निर्माण गर्दा पर्यटनसँग आवद्ध मजदूर र घर भाडामा लिएर व्यवसाय गरिरहेका व्यवसायीहरुलाई सम्बोधन गर्ने खालको नगरिएकोले समस्या आएको बताउनुभयो ।

सरकारले पर्यटन विज्ञहरुको रायसुझाव लिएर निर्णय गरेको भए कुनै समस्या नहुने स्थिति निर्माण हुने पनि प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताउनुभयो । सरकारले पुनरकर्जाका लागि छुट्याएको बजेटको ८० प्रतिशत रकम उपभोग भइसकेको भएपनि अहिलेसम्म ८० प्रतिशत व्यवसायीहरुले कर्जा उपभोग गर्न नपाएको बताउनुभयो ।

त्यसैले जसलाई लक्षित गरेर ल्याइनुपथ्र्यो उनीहरुलाई सहज हुने खालको पुनरकर्जा कार्यविधि नबनेको अनुभुति भएको पनि प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताउनुभयो ।

कार्यक्रममा पर्यटन व्यवसायीहरुले कोभिडबाट सबैभन्दा धेरै पर्यटन क्षेत्र प्रभावित भएको तर सरकारले दिएको राहत पाउन नसकेको गुनासो गरेका थिए ।

यस्तै पर्यटन व्यवसायलाई चलायमान बनाउन सरकारले उपयुक्त मापदण्ड बनाउन नसकेको गुनासो समेत पर्यटन व्यवसायीहरुले गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }