बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पूर्वमन्त्री सुवाल ग्राण्डीमा सफल उपचारपछि घर फिर्ता


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन ६, २०७७
  • 945
    SHARES

काठमाडौँ, ६ फागुन । नेपाली काँग्रेसका पुराना नेता एवम् पूर्वमन्त्री प्रयागराज सिंह सुवाल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सफल उपचारपछि आज घर फिर्ता हुनुभएको छ ।

काठमाडौँ महानगरपालिकाका पूर्व मेयर एवम् पूर्व यातायातमन्त्री सुवाल ११ दिनको अस्पताल बसाईपछि आज घर फिर्ता हुनुभएको हो । सुवाल विस २०३० सालमा नगेन्द्रप्रसाद रिजालको प्रधानमन्त्रीत्व कालमा यातायातमन्त्री बन्नुभएको थियो ।

पिसावको समस्याका कारण ११ दिन पहिले ग्राण्डी अस्पतालमामा भर्ना हुनुभएको अस्पतालका महाप्रबन्धक विकासमान सिंहले जानकारी दिनुभयो ।

९३ वर्षीय सुवाललाई डा उपेन्द्र जोशीको टिमले सफल उपचार गरेको थियो । राणा शासकले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई मारेपछि राणाविरोधी आन्दोलनमा लाग्नुभएका सुवालले लामो समय जेलजीवन समेत विताउनुपरेको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)