आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आगामी श्रावण २४ गते बस्ने


  • माउन्टेन खबर
  • आइतवार, साउन १७, २०८३
  • 41
    SHARES

काठमाडौं-  नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आगामी श्रावण २४ गते आइतबार दिउँसो १ बजे बस्ने जनाएको छ।

पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनाअनुसार बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरूलाई निर्देशानुसार उपस्थितिका लागि आग्रह गरिएको हो।

बैठकको कार्यसूची भने सूचनामा सार्वजनिक गरिएको छैन। बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीका आन्तरिक संगठनात्मक गतिविधि तथा आगामी कार्यक्रमबारे छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)