सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अनेसास ओसियाना क्षेत्रका च्याप्टरहरूको भेला सम्पन्न


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन ६, २०७७
  • 1.0K
    SHARES
समाचारदाता
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले ओसियाना क्षेत्रका च्याप्टरहरूको अनलाइन भेला हालै सम्पन्न गरेको छ । महादेशीय रुपमा आफ्नो गतिविधि बढाउने उदेश्यअनुरुप उक्त क्षेत्रका च्याप्टरहरूको प्रतिनिधि र केन्द्रीय प्रतिनिधि बिच अनलाइन भेला सम्पन्न गरेको हो ।
केन्द्रीय उपाध्यक्ष राजेश बुढाथोकीको संयोजनमा सम्पन्न सो भेलामा डा केशव शर्मा (अध्यक्ष- ब्रिस्वेन च्याप्टर), चन्द्र तिवारी (अध्यक्ष – क्यानवेरा च्याप्टर), प्रवीन टण्डन ( एन एस ड्ब्लु च्याप्टर सचिव) , रिजा प्रधान (पर्थ च्याप्टर उपाध्यक्ष) , शेखर घिमिरे (पर्थ च्याप्टर महासचिव) , दीपक सुवेदी ( पर्थ च्याप्टर सचिव), भुवन खड्का ( पर्थ च्याप्टर कार्यसमिति सदस्य), लक्ष्मी सापकोटा ( पर्थ च्याप्टर पूर्व कार्यसमिति सदस्य तथा हाल साउथ अष्ट्रेलियाका सक्रिय साहित्य सेवी) ,भीमसेन सापकोटा ( पूर्व उपाध्यक्ष तथा सद्भावना दूत अनेसास केन्द्रीय कार्यसमिति), साहित्यकार प्रकाश पन्थीलगायतले आ-आफ्नो विचार प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अनेसास केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला, वरिष्ठ उपाध्यक्ष गोवर्ध्दन पूजा, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव सर्वज्ञ वाग्ले, सचिव विमला निरौला र कोषाध्यक्ष कृष्णकुमार गिरीले भेलाको उपादेयताबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा केन्द्रीय सदस्यहरू डा. रेणुका सोलु, निजानन्द मल्ल, महेश्वर शर्मा, तारा अधिकारी, लगायतले पनि सहभागिता जनाएका थिए । अनेसास बोर्ड अफ ट्रष्टिका अध्यक्ष गीता खत्री, उपाध्यक्षद्वय पुरु सुवेदी र पदम विश्वकर्माको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)