सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पत्रपत्रिकाबाट

दक्षिण एशिया र हिन्द महासागरीय टापु मुलुकबीच क्षेत्रीय सहकार्य आवश्यक :  मोदी


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन ७, २०७७
  • 402
    SHARES

काठमाडौं,७ फागुन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एशियाली तथा हिन्द महासागरका टापु मुलुकहरुबीच कोभिड विरुद्ध मात्र नभएर जलवायु परिवर्तन, गरिबीविरुद्ध सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । सार्कका आठ सदस्य मुलुक तथा सेसेल्स र मोरिससका स्वास्थ्य सचिवहरुको बैठकका सन्दर्भमा जारी भिडियो सन्देशमा मोदीले अवको एशियाली शताब्दीका लागि पनि दक्षिण एशिया र हिन्द महासागरीय टापु मुलुकबीच क्षेत्रीय सहकार्य हुनुपर्ने बताएका हुन् ।

मोदीले यो क्षेत्रका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आपतकालिन अवस्थामा विशेष भिसा स्किम लागू गर्नुपर्ने तथा यी क्षेत्रीय हवाई सेवा सम्झौताको प्रस्ताव समेत गरेका छन् । ‘हामीले कोभिड १९ शुरुभए देखि नै समन्वयात्मक रुपमा काम गर्‍यौं । कोभिड १९ आपतकालिन कोष निर्माण गर्‍यौं, साधनश्रोत र ज्ञान तथा अनुभव बाँड्यौं’ मोदीले भनेका छन्, ‘अब खोपको दुर्त परिचालन गर्नुपर्ने आवश्यकता छ ।  यसका लागि पनि विगतमा झैं आपसी समन्वय अपरिहार्य छ ।’

क्षेत्रीय सहकार्यका कारण यो क्षेत्रले कोभिड महामारीमा विश्वकै कम मृत्युदर कायम गर्न सफल भएको पनि मोदीको भनाइ थियो । मोदीले भविष्यमा कोभिडजस्तै अन्य महामारी रोकथाम तथा नियन्त्रणका लागि पनि क्षेत्रीय सहकार्य र समन्वय आवश्यक रहेको बताए ।

‘हाम्रो क्षेत्रमा जलवायु परिवर्तन, गरिबी जस्ता साझा चुनौति छन् । यो क्षेत्रमा शताब्दिऔंदेखिको संस्कृति तथा जनतामा आधारित सम्बन्ध थप प्रगाढ बनाउने कार्यले कोभिडमात्र होइन, भविष्यमा आइपर्ने अन्य चुनौतिहरु पनि सामना गर्न सकिन्छ भन्ने मेरो विश्वास छ’ भारतीय प्रधानमन्त्रीले भने ।

उनले अबको युग एशियाको भएको तर क्षेत्रीय सहकार्य विना एशियाली शताब्दी सफल नहुने पनि बताए । ‘यसका लागि हामीबीच विगतमाझैं एक्यवद्धता आवश्यक छ’ मोदीले भनेका छन् ।  स्वास्थ्य सचिवस्तरीय बैठकमा सार्कका नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, मालदिभ्स, भूटान र अफगानिस्तान तथा तटीय मुलुक मोरिसस र सेसेल्स थिए । नयाँ पत्रिकाबाट

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)