सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकाको टेक्ससमा राष्ट्रपतीद्वारा आपतकालिन घोषणा स्वीकृत


  • माउन्टेन खबर
  • शनिबार, फाल्गुन ८, २०७७
  • 319
    SHARES

अमेरिकाका राष्ट्रपति जो बाइडेनले टेक्ससको लागि गरिएको आपतकालिन घोषणालाई स्वीकृत गरेका छन । राष्ट्रपति बाइडेनले टेक्ससका प्रभावित क्षेत्रहरुमा सहयोग गर्न संघीय सरकारलाई आदेश दिनुको साथै सहयोग गर्न निर्देशन गरेको जानकारी व्हाइट हाउसले शनिबार जारी गरेको बिज्ञप्तिमा जनाएको छ ।

बाइडेनले अघिल्लो साताको अन्त्यमा टेक्सस राज्यको लागि आपतकालीन घोषणालाई अनुमोदन गरिसकेका थिए । तर प्रमुख आपतकालिन घोषणापत्रले संघीय आपतकालीन व्यवस्थापन सँस्थालाई थप स्रोत र सहयोग प्रदान गर्न अनुमति दिने छ

सहायतामा अस्थायी आवास र घर मर्मतको लागि अनुदान, बिमा नभएका र नसमेटिएका सम्पत्तिको लागि क्षतिपूर्ति भर्न न्युनतम लागत ऋण,व्यक्ति र व्यवसाय संचालकहरुलाई प्रकोपको प्रभावहरुलाई पार गर्न मद्दत गर्न अन्य कार्यक्रमहरु पनि समावेश हुनेछन् ।

संघीय रकम राज्य र योग्य स्थानीय सरकारहरू र केही निजी गैर-मुनाफारहित संगठनहरूका लागि पनि उपलब्ध हुनेछ जुन आपतकालीन सुरक्षा उपायहरू र जोखिम न्यूनीकरण उपायहरूको लागि राज्यव्यापी लागत आधारमा साझेदारी हुनेछन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)