सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा केहिदिनदेखि घटिरहेको कोरोना संक्रमणको दर फेरी बढ्न थाल्यो


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन ९, २०७७
  • 725
    SHARES

९ फागुन, काठमाडौं । कोरोनाभाइरसको संक्रमण घटेको छिमेकी भारतका चार राज्यमा पछिल्लो समय संक्रमितको संख्या दिनदिनै बढिरहेको छ। टाइम्स अफ इन्डियाका अनुसार पञ्जाब, महाराष्ट्र, केरला र मध्यप्रदेशमा पाँच दिनदेखि लगातार संक्रमण बढिहरको छ।

महाराष्ट्रमा कोरोनाभाइरसका विभिन्न भेरियन्टका संक्रमित भेटिएकै बेला अन्य राज्यहरूमा पनि संक्रमित ह्वात्तै बढेका हुन्।

महाराष्ट्रको विधर्भा क्षेत्रमा नयाँ भेरियन्टको कोरोना संक्रमण देखिएपछि स्थानीय अधिकारीहरूले उक्त क्षेत्रमा लकडाउन गरेर नयाँ स्वास्थ्य निर्देशिका जारी गरेका थिए।

पछिल्ला केही महिनादेखि निरन्तर घटिरहेका कोरोना संक्रमित केही दिनयता भने बढिरहेका छन्। फेब्रअरी १६ मा भारतभर ९ हजार १२१ संक्रमित भेटिएकोमा फेब्रुअरी २० मा १३ हजार ९९३ पुगेका छन्।

भारतमा गत सेप्टेम्बरमा एकैदिन ९७ हजार ८९४ जना संक्रमित भेटिएका थिए। राज्यहरूमा कोरोना संक्रमितहरू दिनदिनै बढ्न थालेपछि भारतमा कोरोना संक्रमणको दोस्रो लहर आउन लागेको ठानिएको छ।

ठूलो संख्यामा कोरोनाभाइरसविरूद्धको खोप लगाइरहेको भए पनि भारतमा नयाँ भेरियन्टको कोरोनाभाइरस फैलिए अवस्था जटिल बन्ने विज्ञहरूले बताएका छन्।

भारतमा अहिलेसम्म १ करोड ९ लाख मानिसलाई कोरोनाको संक्रमण भएको छ भने १ लाख ५६ हजारले ज्यान गुमाएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)