सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भट्टराईको आज स्वास्थ परिक्षण हुँदै


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन १०, २०७७
  • 601
    SHARES

१० फागुन, नयाँदिल्ली । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको दिल्लीस्थित ‘इनस्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा आज स्वास्थ्य परीक्षण हुँदैछ ।

आज दिउँसो १:३० बजे प्रोफेसर डा. विक्रम भाटियाले स्वास्थ्य परीक्षण गर्ने भट्टराईको सचिवालयले जनाएको छ । स्वास्थ्य परीक्षण र चिकित्सकसँगको परामर्शपश्चात रोगको निर्क्यौल गरी उपचार विधि टुंगो लगाइने छ ।

भट्टराई लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित हुनुहुन्छ । चिकित्सकहरुले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेपछि उपचारका लागि उहाँ आइतबार दिल्ली जानुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)