मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी तीन महिनाभित्र सञ्चालनमा आउने


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन १०, २०७७
  • 1.2K
    SHARES

काठमाडौं, १० फागुन । भैरहवामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी तीन महिनाभित्रै सञ्चालनमा आउने भएको छ । भौतिक संरचनामने लगभग सकिएको भन्दै विमानस्थल निर्माण आयोजनाले आगामी तीन महिनाभित्रै सञ्चालनमा आउने बताएको हो । आयोजनाका अनुसार हाल विमानस्थलको भौतिक प्रगति ९५ प्रतिशत रहेको छ ।

यस्तै प्राविधिक उपकरण जडानको काम बाँकी छ । विदेशबाट प्राविधिक जनशक्ति ल्याइनुपर्ने भएकाले केही विलम्ब भएको यस आयोजनामा हाल नेपाली प्राविधिकबाट अधिकतम प्राविधिक काम भइरहेको र विदेशी दक्ष प्राविधिक जनशक्ति समेत धमाधम आइरहेकाले प्राविधिक काम छिट्टै सक्नेगरी व्यवस्थापन गरिएको बताइएको छ । विमानस्थलका लागि विदेशबाट आउनुपर्ने उपकरण करीब १०० प्रतिशत आइसकेको आयोजना प्रमुख प्रवेश अधिकारले जानकारी दिनु भयो।

सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ मा शुरु भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो । पछि थपिएको दुई वर्षको अवधिमा आयोजनाको काम उल्लेख्य प्रगति भएको थियो । विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रूपले निर्माण गरिरहेको छ । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी ७ अर्ब ३२ करोड हाराहारी खर्च हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)