सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अस्ट्रेलियामा फेसबूकद्वारा समाचारमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन ११, २०७७
  • 1.1K
    SHARES

११ फागुन, काठमाडौं । फेसबुकले आफ्ना अष्ट्रेलियाका प्रयोगकर्तामाथि समाचार सामग्रीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरिदिने घोषणा गरेको छ ।

अष्ट्रेलिया सरकारले ल्याउन लागेको नयाँ कानुनको विरोधमा फेसबुकले गत बिहिबारदेखि अष्ट्रेलियाका मिडियालाई फेसबुकमा समाचार सामग्री सेयर गर्न बन्द गरिदिएको थियो । अष्ट्रेलियाको प्रस्तावित कानुनमा फेसबुक र गुगलले मिडियाको सामग्री राखेबापत् मिडिया कम्पनीलाई पैसा तिनुपर्ने व्यवस्था छ ।

यता फेसबुकले भने आफ्नो समाचारको रिच बढाउन प्रकाशकले नै फेसबुकमा समाचार सेयर गर्ने गरेकोले पैसा तिर्ने कानून ल्याउन नमिल्ने बताएको छ ।

अष्ट्रेलियाका वित्तिय मन्त्री जोस फ्राइडेनबर्गले केही दिनमा फेसबुकले ती पेजहरु खोल्न अनुमति दिने बताएका छन् ।

मंगलबार प्रकाशित एक वक्तव्यमा कानुनमा केही परिवर्तन ल्याइने जानकारी दिए ।

फेसबुकले पनि मंगलबार अष्ट्रेलियाको सरकारसँगको पछिल्लो छलफलमा आश्वासन मिलेको बताएको छ ।

‘हामीले छानेका साना तथा स्थानीय तहका प्रकाशकलाई हामीले सहयोग गर्न सक्ने वातावरण सिर्जनाका लागि सहमति भएको छ,’ फेसबुकमा समाचार साझेदारीका उपाध्यक्ष क्याम्पबेल ब्राउनले भने ।

फेसबुकको आफ्नो सोकेस उत्पादन छ जसमार्फत् यसले मिडिया संस्थालाई आफ्नो सामग्री प्रकाशित गरेबापत् रकम भुक्तानी गर्छ ।

यद्यपि, अष्ट्रेलियाली सरकारले भने फेसबुकमा सेयर र पोस्ट भएका समाचारका लिङ्कका लागि पनि भुक्तानी माग गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)