सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेदरल्यान्डमा कर्फ्युको समय बढाइयो


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन १२, २०७७
  • 563
    SHARES

१२ फागुन, काठमाडौं । कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्यान्डमा लगाइएको कर्फ्युको समय बढाएको छ । प्राप्त समाचारअनुसार यहाँका अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कर्फ्युको समय पनि बढाइएको जनाएका छन् । डच प्रधानमन्त्री मार्क रुटले नेदरल्याण्ड्समा अहिले पनि दोस्रो वेभका भाइरसको प्रकोप बढ्दो रुपमा रहेको र यसका कारण हामीले देशका विभिन्न भूभागमा कर्फ्यु लगाइएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री रुटले भन्नुभयो, ‘हामी सहज अवस्थाको पर्खाइमा छौँ, हामीले कोरोना भाइरसको सङ्क्रमण बढ्दो मात्रामा रहेकाले यसको निराकरणका लागि विभिन्न चरणमा प्रयासहरु जारी राखेका छौँ, अबका दिनमा पनि भाइरसको अर्को वेभ आउन सक्ने खतरा रहेकोले त्यसको सुरक्षाका लागि हामीले प्रयास गरिरहेका छौँ । मङ्गलबार पत्रकार सम्मेलनका क्रममा उहाँले सो कुराको जानकारी दिनुभएको हो । ‘यहाँका स्वास्थ्य अधिकारीहरु र स्वास्थ्यसम्बन्धी विज्ञहरुले छलफल गरेर आगामी दिनमा के कसरी भाइरसको सङ्क्रमणको जोखिम घटाउने भनेर काम गरिरहेका छौँ’ उहाँले भन्नुभयो ।

उहाँले आगामी मार्च ३ तारिखदेखि भने अहिलेका कडा खालका प्रावधानहरुमा केही खुकुलो बनाउने जानकारी दिनुभयो । जस्तो कि प्राथमिक विद्यालयहरु खोल्ने, किनमेल गर्न पाउने समय पनि बढाउने र अरु पनि केही प्रावधानहरूमा खुकुलो बनाउने जानकारी उहाँले जानकारी दिनुभयो । तर यहाँको सरकारले यहाँ लगाइ आएको कर्फ्युको अवस्था भने नहटाउने जनाएको छ । अहिले कतिपय स्थानमा विभिन्न समयमा कर्फ्युको घोषणा गरिएको छ । सो घोषणालाई यही मार्च १५ तारिखसम्म लम्ब्याउने जानकारी दिइएको छ ।

नेदरल्यान्डमा जनवरी २३ देखि रातिको ९ बजेदेखि बिहान ४ः३० बजेसम्म कर्फ्यु लगाइएको छ । यहाँका नागरिकले सरकारले लगाएको यो कर्फ्युको विरोध गरिरहेका भए पनि सरकारले भने यो बाध्यतालाई बुझिदिन भन्दै सबै नागरिकसँग अनुरोध गरेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)