सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अस्ट्रेलियामा फेसबूक र गूगलले समाचार शेयर गरेबापत रकम तिर्नुपर्ने कानुन पारित


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन १३, २०७७
  • 451
    SHARES

१३ फागुन, काठमाडौं । फेसबुक र गुगलले आफ्नो प्लेटर्फममा समाचार शेयर गरेवाफत् निश्चित रकम तिर्नुपर्ने कानुन अष्ट्रेलिया सरकारले पारित गरेको छ । यस सम्बन्धी कानुन अष्ट्रेलियाको माथिल्लो सदनबाट बिहीबार पारित भएको छ ।

यो कानुनको अमेरिकी प्रविधि कम्पनीहरुले कडा विरोध जनाएका छन् ।

गत हप्ता फेसबुकले आफ्नो प्लेटर्फममा अष्ट्रेलियाका प्रयोगकर्तालाई समाचार सेयर गर्न प्रतिबन्ध लगाएको थियो । यद्यपि यसै हप्ता सरकारका प्रतिनिधिसँग वार्ता गरेपछि फेसबुकले आफ्नो निर्णय फिर्ता लिएको थियो ।

यही वार्ताको आधारमा सरकारले तल्लो सदनमा पेश गरेको प्रस्तावित कानुनमा संशोधन गरेको थियो र केही विषयमा दुवै कम्पनीहरुलाई नयाँ कानुनमार्फत् केही राहत मिल्ने प्रावधान राखिएको छ ।

तर दुवै कम्पनीहरुलाई अष्ट्रेलियाका ठूला प्रकाशकहरुलाई आकर्षक रकम दिनका लागि प्रतिबद्ध गराइएको छ । यद्यपि कति रकम दिनुपर्ने भन्ने विषय अझै स्पष्ट भइसकेको छैन ।

यस्तो कानुन बनाउने अष्ट्रेलिया विश्वको पहिलो देश बनेको छ । अष्ट्रेलियाको यो नयाँ कानुन विश्वभरका नियामक निकायका लागि नयाँ मोडेल सावित हुनसक्ने बीबीसीले जनाएको छ ।

अष्ट्रेलियाको कानुनमा सूचना प्रविधि सम्बन्धी कम्पनीहरुले समाचार सामग्रीका लागि रकम तिर्नुपर्ने भनिए पनि अझैसम्म कति रकम तिर्ने भन्ने कुरा स्पष्ट भइसकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)