सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इन्डोनेसियाको सुन खानीमा पहिरो, पाँचको मृत्यु, करिब ७० बेपत्ता


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन १३, २०७७
  • 508
    SHARES

१३ फागुन, काठमाडौं । इन्डोनेसियाको केन्द्रिय प्रान्त सुलावेसीमा रहेको एक सुन खानीमा बुधबार आएको पहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य करिब ७० जना बेपत्ता भएका प्रकोप निन्त्रयण निकायले मङ्गलबार जानकारी दिएको छ ।

प्रान्तीय प्रकोप व्यवस्थापन निकायका प्रमुख दातु पामुसु टोम्बोलोटुटुले घटनास्थलबाट सिन्हवा समाचार समितिलाई टेलिफोन गरेर भारी वर्षाका कारण परिगी माउन्टोङजिल्लाको बुरंगा गाउँमा रहेको परम्परागत सुन खानीमा पहिरो सुरु भएको बताएका थिए ।

पाँचवटा लाशहरु भेट्टिएको र अन्य ७० जना हराइरहेका ती मध्ये धेरै जमिनमुनि गाडिएको अनुमान गरिएको पामुसुले बताउनु भएको छ । बुधवारदेखि हराएका व्यक्तिहरुको खोजी र उद्धारको कार्य शुरू गरिएको छ, एउटा उत्खननकर्ता र अन्य उपकरणहरू घटनास्थलमा खटाइएको पनि पामुसुले बताएका छन्।

सैनिक, प्रहरी, स्थानीय खोजी र उद्धार कार्यालयका कर्मचारी र प्रकोप एजेन्सीका स्वयंसेवकहरू लगायत खोज र उद्धार अभियानमा संलग्न रहेको अधिकारीले बताएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)