सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जोन्सन एण्ड जोन्सनले विकास गरेको कोरोनाविरुद्धको खोप बढी प्रभावकारी


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन १३, २०७७
  • 669
    SHARES

१३ फागुन, काठमाडौं । अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) का विशेषज्ञहरुले जोन्सन एण्ड जोन्सनले विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप सुरक्षित र प्रभावकारी देखिएको बताएका छन् । एफडीएले बुधबार प्रकाशित गरेको विवरणअनुसार विशेषज्ञहरुको समूहले यो खोपलाई अमेरिकामा आपतकालीन प्रयोगका लागि अनुमति दिन सिफारिस गरेको हो ।

जोन्सन एण्ड जोन्सन कम्पनीले आफूले विकास गरेको खोप लक्षण नदेखिइकन हुने संक्रमण नियन्त्रणको लागि पनि प्रभावकारी हुने बताएको छ । कम्पनीले आफ्नो खोप ८८ प्रतिशत प्रभावकारी देखिएको बताएको छ ।

यो खोप कोरोनाका नयाँ प्रकार (भेरियन्ट) नियन्त्रणका लागि भने ६६ प्रतिशत प्रभावकारी पाइएको थियो । मानव परीक्षणको क्रममा यो खोपको प्रभावकारिता फरक फरक मुलुकमा फरक फरक पाइएको थियो । यसअघि जोन्सन एण्ड जोन्सनले खोपको प्रभावकारिताबारे कुनै विवरण सार्वजनिक गरेको थिएन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)