सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पुटिनका विरोधीलाई जेलबाट निकाली अज्ञात ठाउँमा लगियो


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन १४, २०७७
  • 296
    SHARES

१४ फागुन, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी तथा भ्रष्टाचार विरोधी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई मस्कोको जेलबाट निकालेर एक अज्ञात ठाउँमा लगिएको छ।

नाभाल्नीका सहयोगीका अनुसार उनलाई कहाँ लगिएको हो भन्नेबारे केही जानकारी दिइएको छैन। यहि महिनाको सुरुमा उनलाई भ्रष्टाचारको अभियोगमा जेल पठाइएको थियो।

उनलाई दोषी ठहर गर्ने आदेशलाई राजनीतिक प्रतिशोध भनिएको थियो। नाभाल्नी राष्ट्रपति पुटिनका कडा आलोचक हुन्।

अघिल्लो वर्ष उनलाई साइबेरियामा जहर दिइएको थियो र एक स्वतन्त्र अनुसन्धानका क्रममा रुसका सुरक्षा एजेन्टको एक टिमले उनको हत्याको प्रयास गरेको खुलेको थियो।

बेहोस अवस्थामै उनलाई जर्मनी लगिएको थियो जहाँ उपचारपछि उनी निको भएका थिए। यसै वर्षको जनवरीमा रुस फर्केका उनलाई विमानस्थलबाटै गिरफ्तार गरिएको थियो।

रुसको एक अदालतले उनलाई तीन वर्षको कैद सजाय सुनाएको छ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)