सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

क्यालिफोर्नियामा कोभिडबाट मृत्यु हुनेको संख्या ५० हजार भन्दा बढी


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन १४, २०७७
  • 514
    SHARES

१४ फागुन, काठमाडौं । कोभिड १९ को सङ्क्रमणबाट अमेरिकाको क्यालिफोर्नियामा मात्र ५० हजार जनाभन्दा बढी नागरिकको ज्यान गएको बताइएको छ । कोभिड १९ महामारीका कारण क्यालिफोर्नियाका ५० हजार ९९१ जना नागरिकको ज्यान गएको अधिकारीहरुले जानकारी दिएको समाचारमा जनाइएको छ ।

यहाँका अधिकारीहरुका अनुसार यो संख्या कोभिड महामारीबाट अमेरिकामा भएको निधनको दश भागको एक भाग रहेको छ । अमेरिकामा पछिल्लो समयमा कोभिड १९ को महामारी केही कमी भएका पनि यो सङ्क्रमणको खतरा भने टरेका छैन । तर क्यालिफोर्नियामा भने यो महामारीको प्रकोप झन् बढ्दो अवस्थामा रहेको पनि बताइएको छ । क्यालिफोर्नियाका स्वास्थ्य अधिकारीहरुले गएको २४ घन्टामा मात्र अमेरिकाको यो राज्यमा कम्तीमा पनि १ हजार ११४ जना नागरिकको ज्यान गएको बताइएको छ ।

त्यसैगरी यहाँका करिब ३४ लाख नागरिकमा यो सङ्क्रमणको प्रकोप रहेको पनि बताइएको छ । बताइएअनुसार अमेरिकामा पछिल्लो तथ्याँकमा जनाइएअनुसार यहाँका कम्तीमा पनि पाँच लाख नागरिकको ज्यान गएको बताइएको छ । अमेरिकी राज्यहरुमा कोभिडका कारण ज्यान जाने राज्यमा क्यालिफोर्नियामा सबैभन्दा धेरै नागरिकको मृत्यु भएको पनि सो तथ्यमा जनाइएको छ । यहाँ गएको दश महिना यता २५ हजार जनाको ज्यान गएको थियो भने पछिल्ला दुई महिनामा यसको दोब्बर मानिसको ज्यान गएको छ ।

यसरी गएको दुई महिना यता नै क्यालिफोर्नियाका नागरिकका लागि सबैभन्दा कष्टकर अवस्था रहेको पनि अमेरिकी सरकारले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)