सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतको १८ राज्यमा फैलियो नयाँ प्रजातीको कोरोना


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन १४, २०७७
  • 442
    SHARES

१४ फागुन, काठमाडौं । भारतको १८ वटा राज्यमा कोरोनाभाइरसको नयाँ स्ट्रेन फैलिएको पत्ता लागेको छ । यी स्ट्रेन बेलायत, दक्षिण अफ्रिका र ब्राजिलबाट आएका हुन् । देशभर नयाँ स्ट्रेनबाट संक्रमित १९४ भएका पत्ता लागेका छन् ।

देशमा संक्रमितको संख्या बढ्न थालेपछि १८ राज्यमा निगरानी सुरु गरेको छ । नेशनल सेन्टर फर डिजिज कन्ट्रोल (एनसीडीसी) ले नयाँ स्ट्रेनसँग जोडिएका संक्रमित र उनीहरुको सम्पर्कमा आएको बारेमा जानकारी माग गरेको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार १९४ मध्ये १८७ जनामा बेलायतको भेरियेन्ट पाइएको छ । ६ जनामा दक्षिण अफ्रिकाको र एकजनामा ब्राजिलको स्ट्रेन पाइएको छ । स्वास्थ्य मन्त्रालयले यी राज्यमा अन्तर्राष्ट्रिय यात्रुमाथि निगरानी बढाएको छ । यसमा महाराष्ट्र, केरल, तेलंगाना, आन्ध्र प्रदेश, असम, पश्चिम बंगाल, तमिलनाडु, पञ्जाब जस्ता राज्य सामेल छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)