मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस नेता जोशीको अवस्था गम्भीर


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन १४, २०७७
  • 566
    SHARES

१४ फागुन, काठमाडौं। पूर्वउद्योगमन्त्री एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सुधार नदेखिएको अस्पतालले बताएको छ ।

शुक्रबार दिउसो पत्रकारहरुसँग कुरा गर्दै नर्भिक अन्तर्राष्ट्रिय हस्पिटलका चिकित्सक डा. राजीव झाले जोशीको स्वास्थ्य अवस्था स्थिर रहेकोले भेन्टिलेटरमा उपचार भइराखेको बताउनुभयो । जोशीलाई मस्तिष्कघात भएपछि शुक्रबार बिहान थापाथली स्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका लागि लगिएको थियो ।

स्वास्थ्य अवस्था स्थिर देखिएपनि सुधार हुने सम्भावना भने कायमै रहेको चिकित्सक झाले बताउनुभयो । टाउकोको सिटिस्क्यान गर्दा दिमागमा रगत र पानी जमेको पाइएको पनि डा. झाले बताउनुभयो । उहाँले भन्नुभयो ‘आँखाको नानी फुलेको देखियो । दुवैतिर कसैको आँखाको नानी फुलेको छ भने त्यो अलमोस्ट डेथ मान्छेहरुमा त्यस्तो देखिन्छ । एकातीर त्यस्तो देखिनु भनेको आधार दिमागले राम्रोसित काम नगरेको जस्तो देखिसक्यो भनेपछि पक्कैपनि रगत बग्ने भइरहेको छ भनेर तुरुन्तै सिटिस्क्यान गर्यौं । सिटिस्क्यान गर्दा रगत जुन थियो त्यो दिमागको बिच भागमा एउटा सानो तलाउजस्तो हुन्छ त्यहाँ पानी बन्छ त्यो ठाउँमा गएर पानी निस्कने बाटो बन्द गरेर टाउकोमा पानी पनि जम्दै राखेको देखें ।

टाउकोमा जमेको पानी निकाल्न एक्स्टर्नल भेन्ट्रिकुलर ड्रेन (इभिडी) राखिएको र १ सय ३० एमएल जती पानी निकालिएको पनि डा. झाले बताउनुभयो । त्यपछि रक्तचाप कम भएकाले रक्तचाप बढाउने औषधि दिइएको पनि उहाँले बताउनभुयो । यस्तो अवस्था जटिल हुने पनि डा. झाले बताउनुभयो । उहाँले भन्नुभयो ‘यो अवस्था एकदमै जटिल अवस्था हो । विश्वमा हेर्ने हो भने यस्तो किसिमको मान्छेहरुमा १ सय प्रतिशतमा ६०÷७० प्रतिशतको मृत्यु हुन्छ । अहिले कसरी हुन्छ बचाउनेतिर हामी लागिरहेका छौं । जो ३० प्रतिशत जति बाँचनुहुन्छ उहाँहरुमा ठूलो प्यारालाइसिस रहने सम्भावना लामो समयसम्म रहन्छ ।’

उहाँले भन्नुभयो, ‘नर्भिक अस्पतालमा आइपुग्दा जोशी कोमाको अवस्थामा रहनुभएको र वान्ता भई फोक्सोमा असर भएकाले शास फेर्न गाह्रो भइराखेको थियो’ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)