सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा सामाजिक सञ्जालमाथि नियमन गर्न कडा कानुन ल्याइदै


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन १६, २०७७
  • 469
    SHARES

१६ फागुन, नयाँदिल्ली। भारतको केन्द्र सरकारले डिजिटल केन्टेन्टलाई नियमित गर्न नयाँ कानुन ल्‍याउने भएको छ। उक्त कानुन तीनमहिनापछि देशभर लागू हुनेछ।

बिहीबार केन्द्रीय मन्त्री रविशंकर प्रसादले पत्रकार सम्‍मेलनमा नयाँ कानुन घोषणा गर्दै सोसियल मिडिया कम्पनीको लागि नयाँ प्रकारको मेकानिजम हुनुपर्ने बताएका छन्।

मन्त्री रविशंकरले भन्नुभएको छ, ‘ सामाजिक सञ्जाल भारतमा व्‍यापार गरोस तर यसैको नाममा दोहोरो मापदण्ड चल्दैन।’

यस्तै उहाँले भन्नुभएको छ, ‘ सर्वोच्च अदालतले सामाजिक सञ्‍जाललाई लिएर एउटा गाइडलाइन बनाउन भनेको छ। संसदमा पनि यसको बारेमा चिन्ता व्‍यक्त भएको छ। सामाजिक सञ्‍जालमा गलत तस्बिर अनि धरै गलत चिजहरु पनि देखाइएको छ। आजभोलि क्रिमिनलहरु पनि यसैको प्रयोग गर्न थालेका छन्। त्यसैले एउटा उत्कृष्ट मेकानिजम हुनुपर्छ।’

उहाँका अनुसार सामाजिक सञ्‍जालहरुले १५ दिनभित्र समस्याकव समाधान गर्नु पर्ने र एउटा उत्कृष्ट मेकानिजम ल्‍याउनु पर्ने हुन्छ। यसका साथै लगातार रुपमा कति गुनासाहरु आए र कति समाधान गरियो। पहिले गलत कस्ले गर्‍यो त्यसको पनि जवाफ सामाजिक सञ्‍जालले दिनु पर्ने हुन्छ। यदि भारत बाहिर समस्याको जड भए भारतमा कस्ले पहिला सुरु गर्‍यो त्यो बताउनु पर्ने हुन्छ।

उहाँले भन्नुभयो, ‘आजको दिनमा सामाजिक सञ्‍जालले आवाज बुलन्द गर्ने जिम्मा दिएको छ । तर जिम्‍मेवारी पनि निभाउनु पर्छ। यदि उक्त जिम्मेवारी ननिभाए आइटी एक्ट लगाएर कारबाही हुनेछ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)