सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

म्यानमार प्रहरीले प्रदर्शन गरिरहेका नागरिकमाथि गोली चलाउँदा दुईको मृत्यु


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन १६, २०७७
  • 505
    SHARES

१६ फागुन, काठमाडौं । म्यानमारमा प्रहरीले आइतबार सैनिक शासनविरूद्ध प्रदर्शन गरिरहेका नागरिकमाथि दमन गरेको छ। आइतबार प्रहरीले चलाएको गोली लागेर कम्तिमा दुई जनाको मृत्यु भएको र अरू दर्जनौं घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ।

यंगुनका विभिन्न स्थानमा अश्रु ग्यास प्रहार गर्दा पनि भीड तितरबितर नभएपछि प्रहरीले गोली चलाएको थियो। मृतकको संख्या अझै बढ्न सक्ने समाचारहरूमा जनाइएको छ।

फेब्रुअरी १ मा भएको सैनिक कूको विरोधमा काम छोडेका चिकित्सकहरू आन्दोलनकारी घाइते भएपछि उनीहरूको उपचार गर्न इमरजेन्सी वार्डमा गएका छन्।

प्रहरीले देशका अन्य भागमा पनि आन्दोलन दबाउन गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

यसअघि नै प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर तीन जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)