१७ फागुन, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाउनुभएको छ । उहाँले आज बिहान एम्स अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउनुभएको हो ।
समाचार एजेन्सी एएनआईका अनुसार मोदीले स्वदेशमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिनुभएको हो । कोभ्याक्सिन भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको हो ।
भ्याक्सिन लगाएपछि प्रधानमन्त्री मोदीले ट्वीटरमा लेख्नुभएको छ, ‘आउनुहोस् मिलेर भारतलाई कोभिड-१९ बाट मुक्त बनाऔं ।’
दीले भारतका डाक्टर र वैज्ञानिकहरुले कोभिड-१९ विरुद्धको लडाइँलाई मजबुत बनाउन तीव्र रुपमा काम गरिरहेको भन्दै प्रशंसा पनि गर्नुभएको थियो।
