मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मौसम – कविता


  • स्पन्दन विनोद ,पोर्चुगल
  • सोमवार, फाल्गुन १७, २०७७
  • 2.7K
    SHARES

मौसम

कविता,  छन्द- स्वागता

 

बन्छ ताल कहिले जलमग्न

जम्छ शैलतिर हुन्छ निमग्न

चल्छ वायु यसरी सब ढल्छ

तात्छ सास पनि यो सब जल्छ।।१।।

 

यो वसन्त सबको मन तान्छ

पार्छ सुन्दर धरा दिल माझ्छ

हुन्छ सूर्य रसिलो सबमाझ

गीत गुन्जन भई छ मिठास।।२।।

 

बागमा मखमली छ सुवास

यादमा जब बस्यो मधुमास

मर्छ जीवन कुनै दह जस्तो

भिन्न एक थलमा बह कस्तो।।३।।

 

खोज्छु देश हिउँका गहभित्र

कोर्छु रङ्गिन कला धुन चित्र

हेर्छु बादल तदा चित टुक्रा

सोच्छु मौसम भए किन बेग्ला ।।४।।

 

एक मौसम हुने छ कहाँ र!

अर्थ राख्न समता जगमाझ

हुन्न यो समय नै किन यौटै

बन्छ मानव यहाँ पल जस्तै ।।५।।

 

भेटियोस् शितलता अनि स्वच्छ

हुन्छ सार्थक धरा पल उच्च

दिन्छ मौसम सधै ऋतु राम्रो

स्वच्छ आँगन भए घर हाम्रो ।।६।।

 

झट्ट आउँछ उषा अनि जान्छ

याम बन्छ यसरी नव ठान्छ

लाग्छ वाह ! विपना सपना झैँ

बोल्छ यो समयले शुभ मात्रै ।।७।।

 

भोक रोग सबको उपचार

गर्छ मौसम कतै उपकार

बास माग्छ बटुवा जब साथी

हुन्छ मौसम ठुलो पथयात्री ।।८।।

 

छन्द- स्वागता रचनाकार: स्पन्दन विनोद

[email protected]

रचनाकार अनेसास पोर्चुगलका अध्यक्ष पनि हुनुहुन्छ

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)