मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

१३ दिन – कविता


  • -मोहन गुरुङ्ग
  • मङ्लबार, फाल्गुन १८, २०७७
  • 1.9K
    SHARES

१३ दिन

 कुरो आयो १३ दिनको
चुरो भयो समुन्द्र मन्थनको

जनताको समुन्द्र
संबिधानको मदानी 
उत्तर दक्षिणको सॉप
अब निस्क्यो बिष

को बन्ने नीलकण्ठ ? 

शिवजी गॉजा तान्दै 
शंकरजी  पार्वती तिर 
बरू जाम बुढानीलकण्ठ तिर

बुढा पनि बुढानीलकण्ठ पनि
थोरै बोल्ने धेरै रिसाउँने
अति भयो जनतालाई
एकछिन बिसाउँ संबिधान बचाउँ

१३ दिनमा गहुँत पनि खाइन्छ
सुनपानी नि छर्किन्छ
कोभिड पनि तर्किन्छ
हामी पनि चोखिन्छ ।

 

-मोहन गुरुङ्ग

कवि गुरुङ्ग अमेरिकाको वासिङ्ग्टन राज्यका साउथ एसिया प्यासिफिकका लागि आयुक्त समेत हुनुहुछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)