सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दक्षिण कोरियामा कोरोना संक्रमण हुनेको संख्या ९१ हजार नाघ्यो


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन २०, २०७७
  • 573
    SHARES

२० फागुन, काठमाडौं । दक्षिण कोरियामा गत २४ घण्टाभित्र ४२४ जना कोरोना भाइरस सङ्क्रमितको संख्या थपिएपछि कुल सङ्क्रमितको संख्या ९१ हजार भन्दा बढी भएको छ । दक्षिण कोरियामा गत फेब्रुअरीको मध्येबाट एक दिनमा ३०० र ४०० को बीचमा सङ्क्रमित थपिने गरेको थियो । तर गत मङ्गलबार ४४४ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । सो दिनको तुलनामा बुधबार केही कम भएको जनाइएको छ । बुधबार ४२४ जना मात्र कोरोना भाइरस सङ्क्रमित भएका थिए ।

गत वर्ष नोभेम्बरदेखि कयौ महिनायता कोरोना भाइरस सङ्क्रमितको संख्या एक सय बढी हुदै आएको थियो । दक्षिण कोरियाको राजधानी शहर सोल र जिओन्गी प्रान्तमा वरपर सङ्क्रमितहरु देखिँदै आएका थिए । ती क्षेत्रहरुमा आयातित केसहरुले पनि प्राथमिकता पाएको सरकारी अधिकारीहरु पुष्टि गरेका छन् ।
गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण थप सात व्यक्तिको मृत्यु भएपछि यहाँ कुल मृतकको संख्या १ हजार ६१९ जना पुगेका छन् । दक्षिण कोरियामा गत फेबु्रअरी २६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको छ । सो दिनदेखि हालसम्म एक लाख ५४ हजार ४२१ व्यक्तिले खोप लगाइसकेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)