मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोपा डेल रेको फाइनलमा ‘बार्सिलोना’


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन २०, २०७७
  • 418
    SHARES

बार्सिलोना,२० फागुन । बुधबार सेभियालाई ३–० ले पराजित गर्दै बार्सिलोना कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । दस खेलाडीमा सीमित सेभियाविरुद्धको यो जितपछि बार्सिलोना समग्रमा ३–२ ले अगाडि रह्यो ।

बार्सिलोना यसअघि पहिलो लेगमा २–० ले पराजित रहेको थियो । दोस्रो लेगको अतिरिक्त समयमा मार्टिन ब्रेटवाइटले हेडबाट निर्णायक गोल गरे । नाटकीय साबित खेलमा ओसमन डेम्बेलेले बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

निर्धारित समयको इन्जुरी समयमा जेरार्ड पिकले बराबरी गोल गरे । अब बार्सिलोना कीर्तिमानी ३१औं कोपा डेल रे उपाधि जित्ने लक्ष्यमा हुनेछ । त्यसमा उसको प्रतिद्वन्द्वी एटलेटिको बिलबाओ अथवा लेभान्टे हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)