सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

न्युजिल्यान्डमा ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन २१, २०७७
  • 570
    SHARES

२१ फागुन, काठमाडौं । न्युजिल्यान्डमा बिहीबार ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ।

अमेरिकी भूगर्भ विभागका अनुसार भूकम्पको केन्द्रविन्दु जिस्बन शहरबाट करिब १७८ किलोमिटर टाढा पर्छ। समाचार एजेन्सी रोयटर्स र एपीका अनुसार ७.२ रेक्टर स्केलको भूकम्प गएको हो । यता अमेरिकी भूगर्भ विभागका अनुसार भूकम्पको तिव्रता ६.९ म्याग्निच्युड मापन गरिएको जनाएको छ।

भूकम्पलगत्तै न्युजिल्याण्डको राष्ट्रिय आपतकालीन प्रबन्धन एजेन्सीले शक्तिशाली भूकम्प गएको भन्दै सुनामी आउन सक्ने चेतावनी दिएको छ।

एजेन्सीले समुद्री तटमा रहेका व्यक्तिहरुलाई सुरक्षित स्थानमा सर्न आह्वान गरेको छ । भूकम्पपछिको क्षति विवरण भने आइसकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)