काठमाडौँ , २१ फागुन। छौटौं नेपाल पाकिस्तान फ्रेण्डसिप टी-२० क्रिकेट शुक्रबारबाट काठमाडौँमा हुरु भएको छ। काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रतियोगिताको उद्घाटन गर्नु भयो।
दश दिने प्रतियोगितामा कूल १२ टिमको सहभागिता रहनेछ।पाकिस्तान दुतावासले प्रत्येक वर्ष यस प्रकारको फ्रेण्डसिप क्रिकेट आयोजना गर्दै आएको छ।
मेयर शाक्य र नेपालकालागि पाकिस्तान राजदूत शयद हैदर शाहले यस प्रकारको प्रतियोगिताले दुई देशका युवा खेलाडीलाई जोड्ने काम गर्ने बताउनु भयो।
