मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

स्वर्गीय आङछिरिङ मेमोरियल गल्फ प्रतियोगिता आजदेखि सुरु


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन २१, २०७७
  • 958
    SHARES

काठमाडौं ,२१ फागुन।  पर्यटन व्यवसायीतथा गल्फ खेलाडी स्वर्गीय आङछिरिङ शेर्पा मेमोरियल गल्फ प्रतियोगिता आजदेखि काठमाडौंको गोकर्णस्थित गोकर्ण रिसोर्ट गल्फ कोर्समा सुरु भयो ।

दुई दिनसम्म संचालन हुने यो प्रतियोगितामा आज ७६ जना खेलाडीहरुको सहभागिता रहेको थियो।

आज मुख्य विजेता, ग्रस विनर महिलातर्फको विजेता, सिनियरतथा जुनियर विजेता, लङ्गेष्ट ड्राईभ, क्लोजेष्ट टु दि मोष्ट बडिज लगायतका ईभेण्टसमा प्रतिस्पर्धा भएको थियो।

यसैगरी स्वर्गीय आङछिरिङ शेर्पाको मनपर्ने होल ईभेण्टसमा पनि पुरस्कार राखिएको थियो भने नजिक होलईन वानकालागि किया सोनेटकार पुरस्कार राखिएको छ।

आज विहान स्वर्गीय आङछिरिङ शेर्पाकि धर्मपत्नीतथा यती एरलाईन्स तथा तारा एरका म्यानेजिङ डाईरेक्टर चन्दा राई शेर्पाले प्रतियोगिताको उदघाटन गर्नु भएको थियो।

त्यसबखत स्वर्गीय शेर्पाको सम्झनामा खेलाडी तथा अफिसियलहरुले एक मिनेट मौनधारण गर्नु भएको थियो।  प्रतियोगिता भोलिपनि संचालन हुनेछ। भोलि ८४ जना खेलाडीहरुगरी प्रतियोगितामा कूल १ सय ६० जनाले भाग लिएका छन।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)