मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गणेशमान स्मृति बक्सिङ : सनिल र सुस्मिता फाइनलमा


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन २१, २०७७
  • 420
    SHARES

काठमाडौं,  २१ फागुन। ललितपुरका सनिल शाही र नक्सालकी सुस्मिता तामाङ वीर गणेशमान सिंह स्मृति वाग्मती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

शाहीले आज भएको पुरुष ६४ किलो तौल समूहमा धादिङका पवन गुरुङ तथा तामाङले महिला ४८ किलोमा भक्तपुरकी अस्मिता दुवाललाई सेमिफाइनलमा पराजित गर्दै उपाधि भिडन्त पक्का गर्नुभएको हो । शाही १३औँ दक्षिण एसियाली खेलकुद ९साग० का स्वर्ण विजेता खेलाडी हुनुहुन्छ । यस्तै तामाङ आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको स्वर्ण पदक विजेता हुनुहुन्छ । यस्तै पुरुष किलोतर्फ प्लाटिनमका अस्विनदेव श्रेष्ठले काभ्रेपलाञ्चोकका भरत चन्दलाई पराजित गर्दै फाइनलमा प्रवेश गर्नुभयो । महिला ४८ किलोतर्फ आरडीएसकी रमिसा श्रेष्ठले बोसिगाउँकी माया क्षेत्रीलाई पराजित गर्दै फाइनलमा प्रवेश गर्नुभएको छ ।

यसैगरी महिला ५१ किलोमा बोसिगाउँकी हरिना ऐर र नक्सालकी रोशनी राई फाइनलमा प्रवेश गर्नुभएको छ । ऐरले नुवाकोटकी प्रतिभा शाही तथा राईले प्लाटिनमकी केनिका राईलाई पराजित गर्नुभयो । महिला ५४ किलोतर्फ थानकोटकी सुशीला ब्लोनले आरडीएसकी सदीक्षा मगर तथा मेघदूतकी मन्दिरा पुतुवारले बक्समान्डुकी जस्मिन केसीलाई पराजित गर्दै फाइनलमा स्थान बनाउनुभयो । महिला ५७ किलोमा नक्सालकी सिवानी श्रेष्ठले आरडीएसकी सुमिरा रुपाखेती तथा रामेछापकी डोल्मा तामाङले बक्समान्डुकी श्रद्धा प्रसाईलाई पराजित गर्दै फाइनलमा प्रवेश गर्नुभयो ।

यस्तै महिला ६० किलोमा रसुवाकी सजिता चौधरी र बक्समान्डुकी डिचेन शेर्पा फाइनलमा प्रवेश गर्नुभएको छ । चौधरीले स्नेहा मानन्धर तथा शेर्पाले रिता विकलाई सेमिफाइनलमा पराजित गर्नुभयो । महिला ६४ किलोतर्फ नक्सालकी अम्बिका गहतराजले नुवाकोटकी अस्मिता चन्द तथा बक्समान्डुकी हेमा राईले रसुवाकी सपना ऐडीलाई पराजित गर्नुभयो ।

यसैगरी पुरुष ४९ किलोमा नुवाकोटका मोहन गुरुङ र काभ्रेपलाञ्चोकका धमेन्द्र राई फाइनलमा प्रवेश गर्नुभएको छ । गुरुङले नक्सालका पवनबहादुर श्रेष्ठ र राईले तारकेश्वरका सुजन ओलीलाई हराउनुभयो । पुरुष ५२ किलोतर्फ कोट्स्य भैरवका सुमन नेपालीले मकवानपुरका बुद्ध लामा तथा बक्समान्डुुका वाङ्दी शेर्पाले थानकोटका सुजन महर्जनलाई पराजित गर्दै फाइनलमा प्रवेश गर्नुभयो । प्रतियोगिताको हरेक तौलसमूहका विजेताले रु १० हजार, दोस्रो हुनेले रु सात हजार तथा तेस्रो हुने खेलाडीले रु चार हजार पुरस्कार प्राप्त गर्नुहुनेछ ।

प्रतियोगिताका उत्कृष्ट महिला खेलाडीले एक थान स्कुटर तथा उत्कृष्ट पुरुष खेलाडीले एक थान मोटरसाइकल पुरस्कार स्वरुप प्राप्त गर्ने आयोजक नागार्जुन बक्सिङ खेलकुद समितिका अध्यक्ष सन्तोष बुढाथोकीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)