मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

उपाधि होडमा रहेको खुमलटार युथ क्लब श्री भगवती युथ क्लबसँग पराजित


  • माउन्टेन खबर
  • शनिबार, फाल्गुन २२, २०७७
  • 791
    SHARES

ललितपुर ,२२ फागुन।  उपाधि होडमा रहेको खुमलटार युथ क्लब श्री भगवती युथ क्लबसँग पराजित हुँदा ब्वाइज युनियनले टुसाल युथ क्लबलाई हराएको छ ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा आज भएको खेलमा खुमलटार श्री भगवती युथ क्लबसँग २–१ ले पराजित हुँदा ब्वाइज युनियनले टुसाल युथ क्लबमाथि १–० को संघर्ष पूर्ण जित निकालेको हो ।

सुरुवाती अग्रता जोगाउन नसक्दा खुमलटार पराजित भएको हो । खेलको २६ औं मिनेटमा सबिन केसीले गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए । तर, खेलको ४१ औं मिनेटमा डोना थापाले गोल गर्दै श्री भगवतीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए त्यसपछि खेलको ८४ औं आशिष श्रेष्ठले गोल गर्दै श्री भगवतीलाई २–१ को जित दिलाए ।

जितसँगै श्री भगवतीले १० खेलमा १२ अंक जोडेको छ । लिगको दोस्रो स्थानको खुमलटारले १० खेलमा २२ अंक जोडेको छ । हारसँगै खुमलटारले शीर्ष स्थानको सातदोबाटोसँग अंक बराबरी गर्ने मौका गुमाएको छ ।

शनिबारकै अर्को खेलमा ब्वाइज युनियनलाई जित दिलाउन मिलन लिम्बुले ७२औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । मिलनले हेडमार्फत गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाएका हुन्

यस जितसँगै ब्वाइजले १० खेलमा १७ अंक जोडेको छ । ब्वाइज चौंथो स्थानमा यथावत रहेको छ । टुसाल १० खेलमा ९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)