सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मिथुन चक्रवर्ती भाजपा प्रवेश


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन २३, २०७७
  • 2.4K
    SHARES

२३ फागुन, काठमाडौं । भारतका चर्चित फिल्म अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टीमा समावेश भएका छन् । उनले कोलकाताको ब्रिगेड परेड ग्राउन्डमा प्रधानमन्त्री मोदीको र्यालीको मञ्चमा बिजेपीको झण्डा लहराए । अब हिंदी र बांग्ला फिल्मका अभिनेता मिथुन चक्रवर्ती भाजपाका लागि चुनाव प्रचार गर्नेछन् ।

बामपन्थमा मञ्चमा देखिने मिथुन अब बिजेपीमा देखिनुलाई सबैभन्दा ठूलो यूटर्नको रुपमा हेरिएको छ ।

स्मरण रहोस्, मिथुनको राजनीतिसँगको सम्बन्ध कुनै नयाँ होइन । ममता बनर्जीले उनलाई टीएमसी कोटाबाट राज्यसभा पठाइन् तर मिथुन चाँडै नै राजनीतिको सीमाबाट बाहिर निस्किए । उनले संसदको सदस्यता छोडिदिए । तर अब उनी एकपटक पुनः राजनीतिमा प्रवेश गर्ने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)