सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुकीका पार्टीका एकजना अधिकारीको प्रहरी हिरासतमै मृत्यु


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन २४, २०७७
  • 326
    SHARES

२४ फागुन, काठमाडौं । म्यानमारमा सेनाले अपदस्त गरेकी आङ सान सुकीको पार्टीका एक जना अधिकारीको प्रहरी हिरासतमै मृत्यु भएको छ।

नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)का अधिकारी खिन माउङ लाट्टको शनिबार राति प्रहरी हिरासतमा मृत्यु भएको हो। खिन सन् २०२० को चुनावमा एक जना मुस्लिम सांसदको क्याम्पेन म्यानेजर थिए।

एनएलडीका एक जना सांसद बा म्यो थेइनक अनुसार खिनको शरीरमा देखिएको निलडामले उनलाई हिरासतमा प्रहरीले चरम यातना दिएपछि मृत्यु भएको पुष्टि गर्ने बताए।

‘उनलाई रातभरि यातना दिएर मारेको देखिन्छ, यो अस्वीकार्य छ,’ उनले भने।

यसअघि प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर ५४ जनाको ज्यान गएको थियो तर हिरासतमा लिएका मानिसको मृत्यु भएको यो पहिलो पटक हो।

थिनको मृत्युबारे प्रहरीले भने कुनै प्रतिक्रिया दिएको छैन।

यसैबीच म्यानमारका ट्रेड युनियनहरूले सोमबारदेखि सबै आर्थिक क्रियाकलाप ठप्प पार्ने निर्णय गरेका छन्। म्यानमारका आठ ट्रेड युनियनले आर्थिक क्रियाकलाप पहिलाजस्तै चलाइरहे त्यसले कूबाट बनेको जुन्ता सरकारलाई नै फाइदा पुग्ने भएकाले ‘सटडाउन’ गर्न लागेको जनाएको छ।

म्यानमारमा सेनाले फेब्रुअरी १ मा गत वर्ष भएको चुनावमा धाँधली भएको भन्दै सत्ता हत्याएको थियो। त्यसयता देशभरि सैनिक कूको विरोधमा प्रदर्शनहरू भइरहेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)