सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकामा नेपाली द्वारा विश्व नारी दिवस भब्यरुपमा सम्पन्न


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन २५, २०७७
  • 1.2K
    SHARES

मार्च ८ अमेरिका । अमेरिकामा नेपाली द्वारा विश्व नारी दिवस भब्य रुपमा सम्पन्न भएको छ । भर्जिनिया स्थित नेपाली अमेरिकन सामुदायिक केन्द्र ( NACC )को आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । जुम प्रबिधीको मार्फत गरिएको उक्त कार्यक्रमको सुभारम्भ न्याककी एक्जुकेटिभ अफिसर, तथा उक्त कार्यक्रमकी सँयोजक सुनिता खत्रीको स्वागत मन्तब्य बाट भएको थियो ।

नेपाली मुलका किसोरीहरु जयन्ती बिष्ट , पूजा पौडेल, रिता थापा, त्रीष्णा ढुङ्गाना द्वारा नेपाली राष्ट्रिय गान गाईएको थियो । न्याकका पिओसि प्रमुख डा मदन उप्रेतीले उक्त संस्थाको बारेमा बिस्त्रित जानकारी दिदै विश्वाका महिलालाई शुभकामना ब्यक्त गरेका थिए । न्याक साँस्कृतिक समुहका सँयोजक अरुण रुपाखेतीले र न्याक बोर्ड अफ ट्रस्टीको सदस्यका तर्फ बाट पुरु सुबेदीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

आमन्त्रित पाहुनाहरुको तर्फ बाट “अधिकार” सँस्थाकी अध्यक्ष नर्वदा छेत्री, अधिवक्ता बन्दिता दहाल, वरिष्ठ स्वास्थ्य परिचारिका मन्जु संग्रौला, पत्रकार तथा समताबादी अभियन्ता डोल्मा लामा ,सामाजिक अभियन्ता तथा बरीष्ठ पत्रकार शैलेश श्रेष्ठ , एनआरएनए आईसिसि -अमेरिकाको लागि क्षेत्रिय महिला सॅयोजक उमा कार्की थापा , बिडब्लुआई बाट असुँ बस्नेत, एन्टा बाट बन्दना दियो, तेजस्वी गिरी लगाय अन्य संघ-संस्थाका प्रतिनिधिहरु तथा समाज सेवीहरुले आ-आफ्नो शुभकामना ब्यक्त गरेका थिए ।

नेहा आचार्य, प्रार्थना भट्ट तिवारी, पूजा पौडेल ,अन्जली ढकाल, ठाकुर ढकाल र जयन्ती बिष्टको कुसल न्रित्य द्वारा सहभागिहरुलाई भरपुर मनोरन्जन मिलेको थियो । रजनी श्रेष्ठ, सकुन अधिकारी, प्रेम सँग्रौला, गोमा न्यौपाने, लक्की रेग्मी,सुनिता ढकालले आ-आफ्नो कविता वाचन गरेका थिए भने सरिता वाग्ले र सम्झना अर्यालले मिठी गीत गाएर कार्यक्रमलाई थप मनोरन्जन दिएका थिए । कल्पना सुबेदिको हालै बजारमा लोकप्रिया गीत “गालाको तिलैमा” को म्युजिक भिडियो प्रसारण गरेर कार्यक्रमलाई अझ बढी मनोरन्जात्मक बनाईएको थियो ।

सुरुमा सुनिता खत्रीले सँचालन गरेको उक्त कार्यक्रमलाई सुनिता सुबेदी र सिता काफ्लेले सयुक्त रुपमा सँचालनमा निरन्तरता दिएको उक्त भब्य कार्यक्रमलाई सँस्थाकी बोर्ड अफ डाइरेक्टर डा कल्पना सत्यालले अन्तिम शुभकामना मन्तब्य ब्यक्त गरेकी थिईन्न । अन्तमा सो कार्यक्रम सफल पार्न आफुलाई सहयोग गर्ने महिला बिभागका समस्त सहकर्मि साथीहरुलाई र कार्यक्रममा सहभागि सबैलाई धन्यवाद ब्यक्त गर्दै महिला बिभागकी सँयोजक सुनिता खत्रीले कार्यक्रम समापन भएको घोषणा गरिकी थिईन् ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)