सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ट्रम्पले प्रतिबन्ध लगाएका देशहरुबाट पुन: नागरिक अमेरिका आउन पाउने


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन २५, २०७७
  • 402
    SHARES

२५ फागुन, काठमाडौं । अमेरिकी विदेश विभागले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका कारण अमेरिकामा प्रतिबन्ध लगाइएका मुस्लिमहरुलाई एक पटक फेरि अमेरिका जाने भिसा उपलब्ध गराउने भएको छ।

विभागले भनेको छ, ‘ट्रम्पका कारण ज-जसलाई अमेरिका आउनका लागि भिसा प्रतिबन्ध लगाइएको थियो। उनीहरुलाई अमेरिका आउने दोस्रो मौका दिनेछौँ। खासगरी मुस्लिमहरु पुन: आवेदन दिन सक्‍नेछन्।’

यसअघि ट्रम्प प्रशासनले १३ देशमाथि यात्रा प्रतिबन्ध लगाएका थिए जसमा अधिकांश मुस्लिम बाहुल्‍य तथा अफ्रिकी देशका नागरिक थिए।

राष्ट्रपति जो बाइडेनले २० जनवरीमा पद सम्हालेको पहिलो दिन नै ट्रम्प प्रशासनको यात्रा प्रतिबन्धलाई रद्द गरिदिएका थिए। उसले ट्रम्पको उक्त निर्णयलाई ‘राष्ट्रिय विवेकमाथि धब्बा’को संज्ञा दिएका थिए।बाइडनबाइडनबाइडनबाइडन

अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले भनेका छन्, ‘जुन आवेदनको २० जनवरी २०२० भन्दा पहिला भिसा दिनबाट रोकिएको थियो, उनीहरुले नयाँ आवेदन दिनुपर्छ र नयाँ आवेदन शुल्क बुझाउनु पर्नेहुन्छ।’

यसका साथै रद्द गरिएका आवेदनमाथि पनि पुनर्विचार गर्न सकिने तर त्यसका लागि अतिरिक्त शुल्क लाग्‍ने प्रवक्ताले बताएका छन्।

अमेरिकी विदेश विभागको तथ्यांक अनुसार यात्रा प्रतिबन्धका कारण करीब ४० हजार मानिसहरु अमेरिका प्रवेश गर्नबाट बञ्‍चित भएका थिए।

ट्रम्प प्रशासनले इरान, लिबिया, सोमालिया, सुडान, सिरिया तथा यमनसहित १३ देशबाट आउने यात्रीहरुलाई प्रवेशमा प्रतिबन्ध लगाएको थियो।

तर सन् २०१७ डिसेम्बमा अमेरिकाको सर्वोच्च अदालतले उक्त फैसलालाई रोकिदिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)