सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

१११ औं अन्तर्राष्ट्रिय महिला दिवस – लेख


  • -गीता खत्री अध्यक्ष, अनेसास, बिओटी
  • बुधबार, फाल्गुन २६, २०७७
  • 1.4K
    SHARES

१११ औं अन्तर्राष्ट्रिय महिला दिवस

अन्तर्राष्ट्रिय नारी दिवस प्रत्येक बर्ष मार्च ८ तारिखका दिन मनाउंने परम्परा सन् १९१० देखि नै शुरु भएको हो । मार्च महिना महिलाको सामाजिक, आर्थिक, सांस्कृतिक, तथा राजनैतिक उपलव्धिको रुपमा सम्मान गरिदै आएको महिना हो । करिब एकसय बर्ष अगाडिदेखि महिलाहरुलाई उत्साह दिने, उनिहरुको गतिविधिलाई कुनै पक्षपात तथा बाधाव्यवधान रहित आप्mनो काममा लाग्न सकुन भन्ने उद्देश्य लिएर महिला दिवस अगाडि बढिरहेको छ । विगतमा महिलाले गरेका कामलाई सम्मान गर्नु र आगामी दिनमा महिला विरुद्ध हुने असमान क्रियाकलापको बिरोधमा डटेर सामना गर्नु नै महिला दिवसको खास उद्देश्य हो ।

महिला दिवसको सुरुवात न्युयोर्कका महिलाहरुले सन् १९०९ महिला बिरुद्ध हुने दमन र शोषणको विरोधको रुपमा गरेका थिए । यो आवाजले बलियो रुप लिंदै विश्वका अन्य भागमा पनि पैmलियो । फलस्रुप सबैभन्दा पहिला रुसीमहिलाहरुले भोट हाल्ने अधिकार सन् १९१७ को मार्च ८ मा प्रयोग गरे । त्यसको धेरैबर्षपछि सन् १९६७ अमेरिकी महिलाले यो अधिकार पाए । संयुक्त राष्ट्रसंघले महिलाको यो पवित्र अभियानलाई धेरै बर्ष हेरर बसी रह्यो । सन् १९७७ मा आएर पूर्ण समर्थन जनायो र आधिकारिक रुपमा मनाउने घोषण ग¥यो । त्यसपछि प्रत्येक बर्ष संयुक्तराष्ट्रसंघले महिला दिवसलाई एउटा नारा दिने थालनी बसाल्यो ।

सन् २०२१ को महिला दिवस— महिलाहरुको नेतृत्वःकोरोना प्रकोपित संसारमा समान भविष्य प्राप्तिको नारा दिएर अगाडि बढाएको छ । संसारका केही देशहरुले उक्त
दिन महिलालाई सार्बजनिक विदा दिएर सम्मान गरेका छन् भने कति देशले विदा नदिएपनि विशेष दिन भनेर महिला सशक्तिकरणका निमित्ति विभिन्न कार्यक्रमहरुको आयोजनागर्ने गरेका छन् ।

महिला र पुरुष एउटै रथका दुइटा पाग्रा हुन भन्ने कुरालाई सिद्धान्तको रुपमा सबैले स्वीकार गरेपनि व्यवहारमा फरक गरिरहेको देखिन्छ । प्रजातन्त्र र मानवअधिकारको पहिलो हिमायती देश संयुक्त राज्य अमेरिकामा स्न २०१४ मा समान कामका लागि महिला र पुरुषलाई एउटै तलब भत्ता दिनै पर्ने कानुनमा राष्ट्रपति बराक ओबामाले हस्ताक्षर गरेका थिए ।

पूर्वीय संस्कृतिमा एउटा प्रसिद्ध श्लोक छ— यत्र नार्यस्तु पूज्यन्ते रम्यन्ते तत्र देवता । यो श्लोकलाई के सांच्चै सबैले मान्दै र स्वीकार गर्दै आएका छन्? वा प्रवचन वा भाषणमा मात्रै सीमित छ अनुसन्धानको विषय पनि हो । मेरो आप्mनो व्यक्तगत कुरा गर्ने हो भने मेरो घरपरिवारले यो श्लोकलाई जानी—न—जानी मानिरहेको देखिन्छ । तर अस्सी प्रतिशतको घरपरिवारमा यो श्लोक निरर्थक सावित भएको हाम्रै अगाडि देखिएको छ । भाषण गर्ने नेता तथा प्रवचन गर्ने सद्गुरु महाराजजीहरुको घरघरमा नारीको सम्मान भएकै होला त ? प्रश्न उठाउन सकिन्छ नी ।

व्यवहारको कुरा गर्ने हो भने अमेरिकी इतिहासमा कति जना महिला राष्ट्रपति भए ? कति जना महिला प्रधान न्यायाधिश भए? रुसमा कति जना महिला राष्ट्रपति भए ? बरु अमेरिकी वा रुसी महिलाले भन्दा बढी सम्मान नेपाली, भारतीय, बंगलादेशी, पाकिस्तानी महिलाले पाएको जस्तो मलाइ लागेको छ । नेपाली महिलालाई एकै पटक
राष्ट्रपति, प्रधान न्यायाधिश तथा सभामुख जस्तो गरिमामय ओहोदामा बस्ने अवसर मिलेको थियो । यसलाई नेपालीले गौरबको रुपमा लिनु उचित हुन्छ होला ।

पितृ सत्तात्मक नेपाली समाजमा बाबुआमाको मृत्युपछि बचेको श्रीसम्पत्तीको हकदार छोराहरु मात्रै हुने सनातनी परम्परा थियो । महिलाहरुको सक्रिय आन्दोलनले आधा सम्पत्तिको हकदार छोरीलाई पनि बनाई दिए । एक किसिमले महिलाको लागि यो ठूलो उपलव्धी हो भन्नु पर्छ । यसमा लागि पर्नु भएका महिला दिदीबहिनीहरुले यसलाई ठूलो उपलव्धी मान्नु भयो । तर उहांहरुले हाम्रो समाजमा विध्यमान दाजुभाइ दिदीबहिनीबीचको माया प्रेम सद्भावमा कस्तो असर पर्न सक्ला भनेर सोच्नु भएन । यदि सोचेको भए आज समाजमा दिदीबहिनी र दाजुभाइबीचको जुन माया प्रेम र सद्भावबीच दरार आउने थिएन । उहांहरुले त बाबुआमाको अधिकारपनि खोसी दिनु भयो ।

बाबुआमाको सम्पत्तिमा जसले बाबुआमालाई माया गर्छ,े हेरबिचार र स्याहार सुसार गर्छ उसैलाई सम्पत्ति दिन सकिने कानुन बनाइ दिएको भए बाबुआमाको अधिकार पनि खोसिने थिएन । सम्पत्ति खानको लागि सबै छोराछोरीहरुले बाबुआमालाई उत्तिकै सेवागरि खुसी बनाउन बाध्य हुने थिए । तर त्यसो हुन सकेन ।

महिला बिरुद्ध हुने असमान व्यवहारको पहिलो जड÷अवस्था घरपरिवार हो । घरमा छोरा जन्मदा खुसी हुने, मीठाइ बाड्ने । छोरी जन्मदा मुख नमिठो पार्ने चलन अभैm छ । छोरालाई मीठो खाना खुवाउने, छोरीलाई जे दिएपनि हुन्छ भन्ने । छोरालाई जति पैसा खर्च भएपनि राम्रो स्कूलमा पढाउने, छोरीलाई स्कूलै नपठाउने । पठाइ हालेपनि साधारण स्कूलमा पठाउने । उच्च शिक्षा छोरीलाई किन चाहियो भन्ने । बीस बाइस बर्षको उमेर नहुँदै बिबाहका लागि जोड गर्ने परम्परा अभैm पचास प्रतिशत भन्दा बढी नेपालीको घरपरिवारमा नभएको होइन । त्यसैले मलाई लाग्छ यसको पहिलो निरोपण पनि घरबाटै हुनुपर्छ भने दोस्रो उपाय शिक्षाको माध्यमबाट हो । स्कूल, कलेज, विश्वविद्यालयका शिक्षकहरुले महिला र पुरुषबीच बिभेद गर्नु अनुचित हो । यस्तो बिभेदले घरपरिवार तथा समाजलाई र अन्तमा देशलाई समेत नोक्सानी पुग्छ ।

म अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय अध्यक्ष भएका बेला यिनै कुराहरुलाई मध्यनजर गर्दै अनेसासले सन् २०१४ को मार्चमा विश्व नारी दिवसको अवसरमा प्रथम अन्तर्राष्ट्रिय महिला साहित्य सम्मेलन न्युयोर्कमा आयोजना ग¥यौं । यो सम्मेलनले अन्य धेरै बिषयहरु लगायत महिला शक्ति र सिर्जनालाई नेपाली भाषासाहित्य कला र संस्कृतिको क्षेत्रमा प्रोत्साहित गर्ने, आमा नै भाषाको प्रारम्भिक पाठशाला हुन् भन्ने शाश्वत तथ्यलाई हृदयङ्गम गरी विभिन्न क्षेत्रका डायस्पोरामा रहेका मातृशक्तिलाई नयाँ पुस्तामा नेपाली भाषाको हस्तान्तरण एवं समुन्नत विकासका लागि अभिप्रेरित गर्ने तथा महिला प्रधान लेखरचना तथा महिला उत्थानका लागि उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वहरुलाई अन्तर्राष्ट्रिय रूपमा सम्मानित गर्ने योजना तय गरेको थियो । अनेसासले यसलाई अगाडि बढाइरहेको छ ।

आजको अन्तर्राष्ट्रिय महिला दिवसको अवसमा आदरणीय तथा प्यारा आमा दिदीबहिनीहरुमा के आग्रह गर्न चाहन्छु भने हामी हाम्रो पौरख, हाम्रो बुद्धि र हाम्रो योग्यताले अगाडि बढनु पर्छ । हामी कसैको कोटामा भर पर्ने होइन । हामी कसैको सहयोगको अपेक्षामा बस्ने होइन । त्यसैले हाम्रा छोरीहरुलाई घर भित्रबाटै समान अवसर दिन नचुकौं । तपाइकी छोरीलाई नपढेको भनेर उनको घरपरिवारमा नोकरजस्तो गरेको देखेर तपाईको मुटु दुख्दैन? समाजमा डटेर बोल्नुस् म छोरा र छोरी दुबैलाई समान शिक्षा दिन्छु, समान व्यवहार गर्छु र मेरो अन्तिम बेलामा जसले मलाई माया गर्छन् तीनै सन्तानलाई मेरो बचेको सम्पत्ती बाँडि दिन्छु । हामी अरुको बहकाउमा आएर सत्य र तथ्यबाट पर भाग्न हुंदैन । आप्mनो बोलि र बचनको मान राख्न सक्नु नै हाम्रो सफलता हो ।

साथै पुरुष दाजुभाइहरुले पनि महिलालाई विद्याकी देवी, धनकी देवी तथा शक्तिकी देवीको रुपमा स्वीकार गरेकै छन् । त्यसलाई व्यवहारमा पनि उतार्न आग्रह गर्दछु । महिलाको साथ पाएमा नै पुरुषले विश्व हांक्ने सामथ्र्य राख्ने हो । जसको घरमा स्त्रीको अपमान हुन्छ, त्यो घरमा न शान्ति प्राप्त हुन्छ न ऐश्वर्य । भएको ऐश्वर्यपनि विस्तारै नष्ट भइ घर विखण्डित भएको उदाहरण हाम्रै अगाडि छन् । त्यसैले नारी र पुरुषको सहअस्तित्वनै बलियो समाजको नमुना हो । अन्तर्राष्ट्रिय नारी दिवस २०२१ को पुनीत अवसरमा सम्पूर्ण नारी जगतप्रति यही मेरो हार्दिक शुभकामना छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)