सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ब्राजिलमा एकैदिन कोरोनाबाट २२८६ जनाको निधन


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन २७, २०७७
  • 802
    SHARES

२७ फागुन, काठमाडौं । ब्राजिलमा कोरोना भाइरसको महामारी फेरि गम्भीर बन्दै गएको छ । महामारी सुरु भएयता पहिलोपटक ब्राजिलमा एकै दिन दुई हजार भन्दा धेरैको कोरोना कारण ज्यान गएको छ।

ब्राजिलमा बुधबार एकै दिन कोभिड–१९ का कारण २२ सय ८६ जनाको ज्यान गएको छ । विश्वमै धेरै व्यक्तिको ज्यान जाने देशको सूचिमा दोस्रो स्थानमा रहेको ब्राजिलमा अहिलेसम्म दुई लाख ६८ हजार तीन सय भन्दा धेरैको ज्यान गएको छ ।

अति संक्रामक नयाँ भेरियन्टका कारण संक्रमणदर तीव्र हुँदा अवस्था थप भयावह भएको हो ।

महामारी नियन्त्रणका लागि गरेको प्रयास अति कमजोर भएको भन्दै राष्ट्रपति जायर बोल्सोनारोको तीव्र आलोचना हुँदै आएको छ ।

बुधबार पूर्वराष्ट्रपति लुइज इनासिओ लुला डा सिल्भाले महामारीका बेला बोल्सोनारोले ‘स्टुपिड’ निर्णय लिएको बताए ।

ब्राजिलमा अहिलेसम्म एक करोड १२ लाख दुई हजार भन्दा धेरै संक्रमित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)